Ticker

6/recent/ticker-posts

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा



काठमाडौं, साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री देउवाले सँगसँगै सचिवालयलाई पनि विस्तार गर्दै लगेका छन् । 

भानु यसअघि लामो समयदेखि देउवाको निजी स्वकीय भएर काम गरिरहेका थिए । प्रधानमन्त्री बन्नु अघि भानुले सहयोगिको सबै काम गर्दै आएका थिए । 

देउवाले मंगलबारै विरेन्द्र थापालाई पनि स्वकीय सचिव नियुक्त गरेका छन् । यसअघि प्रधानमन्त्री देउवाले केशव जोशीलाई स्वकीय नियुक्त गरेका थिए । 

यस्तै, गोविन्द परियार वरिष्ठ संचार विज्ञको रुपमा नियुक्त भएका छन् भने, दिनेश भट्टराई परराष्ट्र सल्लाहकार नियुक्त भइसकेका छन् । प्रधानमन्त्री देउवाले सचिवालयमा अहिलेसम्म ५ जना नियुक्त गरेका छन् ।

Post a Comment

0 Comments