Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ज्ञानेन्द्रको मुटुमा दोस्रोपटक स्टेण्ट प्रत्यारोपण
कोमल, पारस र हिमानी अस्पताल पुगे 
- बलराम प्यासी 
काठमाडौ, साउन ।  भनिन्छ खानपीनमा पथपरहेज गरे, नियमित व्यायाम गरे, तनाव नलिए मुटुरोग लाग्दैन । तर यो कुरा सबैमा लागु भएको पाइँदैन । चिकित्सकको नियमित रेखदेख र पोषण विशेषज्ञ (डाइटिसियन) को सुझाव अनुसार समयमै स्वस्थ खानपान गर्ने राजपरिवारका सदस्यलाई कुनैपनि रोग लाग्न नपर्ने हो । चिकित्सकको व्यायाम तालिका अनुसार नियमित शारिरीक व्यायाम गर्ने पुर्वराजा या युवराजलाई के को तनाव ? प्राय सर्वसाधारणले सोच्ने यस्तै हो ।


तर पछिल्लो घटनाक्रम हेर्ने हो भने राजपरिवारका अधिकाँश मुख्य सदस्यलाई मुटुरोग लागेको मात्रै हैन पटकपटक हृदयाघात नै भएको पाइएको छ । पुर्वराजा ज्ञानेन्द्रलाई करीव ३ वर्षअघि २०१४ सेप्टेम्बर २१ मा पहिलोपटक हृदयाघात भएको थियो । त्यतिखेर उनलाई नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भारत रावतको टोलीले सफलतापुर्वक एन्जिओप्लास्टि गरि बन्द भएको मुटुको नशामा पुनः रगत सुचारु सञ्चालन गरिएको थियो । केही दिन अस्पतालमा बसेर उपचारपछि उनी निर्मल निवास फर्केका थिए । 

पुर्वराजा ज्ञानेन्द्रमात्रै हैन उनीअघिका राजा वीरेन्द्रलाई पनि मुटुसम्वन्धी समस्या देखिएका कारण उनलाई त्यतिखेर बेलायतको लण्डनस्थित प्रशिद्ध ‘रोयल ब्राम्टन अस्पताल हेयरफिल्ड’मा लगेर मुटुरोग परीक्षण गरिएको थियो । त्यहाँबाट फर्केपछि उनले लामो समयसम्म मुटुको औषधि सेवन गरेको बताइन्छ । तत्कालिन राजा त्रिभुवन र महेन्द्रपनि मुटुकै रोगका कारण निधन भएको बताइन्छ । त्यतिखेर नेपालमा सुविधा सम्पन्न मुटुरोग अस्पताल नभएका कारण मृत्युको कारण ठोकुवा गर्न नसकिएको हो । 

त्यसो त तत्कालिन युवराज पारसलाई पनि सन् २००७ को सेप्टेम्बर ७ मा हृदयाघात भएर तत्कालै नर्भिक अस्पतालमा लगेर एन्जिओप्लाष्टि गरि स्टेण्ट प्रत्यारोपण गरिएको थियो ।  राजपरिवारका सदस्यलाई हृदयाघात हुनु र मुटुरोग लाग्नु चाँहि वंशानुगत भएको उनको उपचारमा संलग्न वरिष्ठ कन्सल्टयाण्ट काडिर्योलोजिष्ट प्राध्यापक डा.यादव प्रसाद भट्ट बताउँछन । ‘वंशानुगत वाहेक अरु कारण देखिँदैन’ प्राध्यापक  भट्ट भन्छन –‘उहाँमा मुटुरोगको मुख्य कारण मानिएको कोलेस्ट्रोल देखिएको छैन, उहाँ ध्रुमपान पनि गर्नुहुन्न, जीवनयापन पनि एकदम सरल देखिएको छ ।’

अहिलेसम्म राजपरिवारका पुरुष सदस्यलाई मात्रै हृदयाघात र मुटुरोग भएको पाइएको छ, महिला सदस्यहरुमा देखिएको छैन ।  पहिलोपटक २०१४ सेप्टेम्बर २१ मा हृदयाघात भएको करीव २ वर्ष १० महिनापछि पुर्वराजा ज्ञानेन्द्रको मुटुमा समस्या देखिएपछि दोस्रोपटक बुधबार एन्जिओप्लाष्टि गरिएको हो । 

पारिवारिक चिकित्सक डा.किशोर जंग राणाको सल्लाह अनुसार नियमित चेक जाँचका क्रममा बुधबार पुर्वराजा ज्ञानेन्द्र बुधबार विहान ९ बजे नर्भिक अस्पताल थापाथली पुगेका थिए । त्यतिखेर रानीकोमल, पुर्वयुवराज पारस र युवराज्ञी हिमानी पनि संगै थिए ।


पहिलोपटक हृदयाघात भएपछि उनी आफ्नो स्वास्थ्य जाँचको लागि नियमित रुपमा नर्भिक अस्पताल पुग्ने गर्थे । सोही अनुसार बुधबार विहान पनि उनी त्यहाँ पुगेका थिए । उनको स्वास्थ्य जाँचपछि केही शंका लागेर सो अस्पतालको क्याथल्यावमा उनको एन्जिओग्राफि गरेर मुटुको मुख्य नशामा ८० देखि ८५ प्रतिशत अवरोध भएको पाइएको उनको उपचारमा संलग्न वरिष्ठ कन्सल्टयाण्ट कार्डियोलोजिष्ट प्राध्यापक डा.यादव प्रसाद भट्टले पत्रकार सम्मलेनमा बताए । 

त्यसपछि उनलाई तत्कालै शल्यक्रिया कक्षमा लगेर एन्जिओप्लाष्टि गरि अबरोध भएको नशा खोलिएको थियो ।  पुर्वराजा ज्ञानेन्द्रको दाहिने हातको नशा (राइट रेडियल रुट) बाट तार छिराएर बन्द भएको मुटुको नशामा स्टेण्ट राखिएको थियो ।  यसको लागि चिकित्सक टोलीलाई ४५ मिनेट लागेको नर्भिक अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न प्राध्यापक डा.भट्टले बताए ।

प्राध्यापक भट्टको टोलीमा मुटुरोग विशेषज्ञहरु डा केशव बुढाथोकी, डा.नगमा श्रेष्ठ, डा.शेखर राजभण्डारी डा.सन्तोषलाल श्रेष्ठ र एनेस्थिसियन डा.सुरेश लामिछाने संलग्न रहेका थिए । 

बुधबार साँझसम्म पुर्वराजाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र अबको २।३ दिनपछि डिस्चार्च गरिने अस्पतालले जनाएको छ । उपचारपछि उनी निजी कामको लागि अर्काे हप्ता थाइल्याण्ड जाने योजना रहेको पुर्वराजाका पारिवारिक चिकित्सक डा.किशोर जंग राणाले बताए ।

पूर्वराजामा देखिएकाे मुटु राेगसम्बन्धी  चिकित्सक यसाे भन्छन् (भिडियाे)

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply