Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १० साउन । सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानको सामना गर्दै छ । 


अफगानिस्तान १० अंकसहित शीर्षस्थानमा छ भने नेपाल ८ अंकसहित दोश्रो स्थानमा रहेको छ । अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छनोट हुने प्रावधान रहेको हुँदा नेपालको छनोटको सम्भावना न्यून रहेको छ । 

नेपालले आजको खेलमा जित हासिल गरे पनि रनरेटका आधारमा छनोट हुने सम्भावना देखिदैन  नेपालले प्रतियोगितामा सबै खेलमा उत्कृष्ट बलिङ गरेपनि कुनै खेलमा पनि सन्तोषजनक ब्याटिङ प्रदर्शन गर्न सकेको छैन । 

यसअघि सोमबार भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले चौथो जित निकालेको थियो । जसमा कप्तान सन्दीप एक्लैले सात विकेट लिए । ९.१ ओभर बलिङ गरेका सन्दिपले १ मेडनसहित १३ रनमात्र खर्चेका थिए । उनी खेलको म्यान अफ दी म्याच बने । 

जारी प्रतियोगितामा सन्दिप तेस्रो पटक म्यान अफ दी म्याच बनेका हुन् । नेपालले हालसम्म ५ खेलमा ४ मा जित र १ खेलमा हार ब्यहोरेको छ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply