काठमाडौं, ९ साउन । नेपालको रक्षा मन्त्रालयको वेभसाइट ह्याक भएको छ । मन्त्रालयको http://mod.gov.np/ वेभसाइट खोल्दा नियमित वेभसाइटको साटो ह्याकरको सन्देश र गीत सुन्न सकिन्छ ।
सन्देशमा आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले वेभसाइट ह्याक गरेको बताएका छन् । ‘सुरक्षा भ्रम मात्र हो, हामी अजय छौँ’ ह्याकरहरुले होमपेजमा सन्देश लेखेका छन् ।
यसअघि पनि नेपालमा बेलाबेला सरकारी तथा मन्त्रालयका वेभसाइटहरु ह्याक हुन गरेका छन् ।
0 Comments