Ticker

6/recent/ticker-posts

‘भाउजुको हाइहाइ छ दाइ लाहुरे भएर...’ (भिडियो सहित)

काठमाडौँ, साउन ।  'मै पनि एमाले सही पनि एमाले' भन्दै चुनावअघि प्रचारप्रसारको गीत निकालेका बद्री प‌ंगेनीको तीज गीत सार्वजनिक भएको छ। बद्रीको स्वरमा सितारा म्युजिकको प्रस्तुति रहेको 'भाउजुको हाइहाइ' बोलको गीत सार्वजनिक भएको हो।
गीतमा दाइ विदेश गएपछि भाउजुको फूर्ति बढेको भन्दै व्यङ्ग्य गरिएको छ। गीतमा स्वरमा बद्रीलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन्।
शंकर बिसीको निर्देशन रहेको गीतलाई एकनारायण भण्डारीले शब्द र संगीत दिएका छन्। गीतको भिडियोमा निर्देशक शंकर बिसी र गायीका प्रिया भण्डारी स्वयमलाई देख्न सकिन्छ। गीत छायांकन राजेश घिमिरेले गरेका हुन्।
(भिडियो सहित)

Post a Comment

0 Comments