Ticker

6/recent/ticker-posts

उप–प्रधानमन्त्री श्रेष्ठकाे भिक्टोरियामा भेटघाट

काठमाडौं, साउन । उप–प्रधानमन्त्री एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठ र भिक्टोरियाकी गर्भनर लिन्डा डिसायु एसीवीच दुईपक्षीय भेटघाट सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमवारे अध्ययन गर्न अष्ट्रेलिया जानुभएको उप–प्रधानमन्त्री श्रेष्ठ र लिन्डावीच भिक्टोरियामा भेट भएको हो । 

भेटमा दुई देशवीचको शिक्षा, शिक्षा प्रणाली , व्यवसायिक तथा  सीप विकास तालिमसम्बन्धिको अवस्थालगायत विषयमा छलफल भएको हो ।  उप–प्रधान एंव  शिक्षामन्त्री श्रेष्ठले विद्यालय क्षेत्र विकास कार्यक्रममा अष्ट्रेलियन सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको थियो । 

एशियाली विकास बैंकको अनुदान सहयोगमा सञ्चालित सीप विकास परियोजनाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको प्रभावकारी व्यवस्था र निजी तथा सामूदायिक प्रशिक्षण केन्द्रहरुको व्यवस्थापनमा अन्तराष्ट्रिय स्तरमा भइरहेको पद्धतिको अध्ययन गर्न र नेपालमा त्यसको कार्यान्वयनको सम्भाव्यताका अध्ययनकालागि उप–प्रधानमन्त्री श्रेष्ठसहितको टोली गत शुक्रबार अष्ट्रेलि गएको हो ।

मन्त्री श्रेष्ठले अष्ट्रेलियास्थित विभिन्न शैक्षिक संस्थाको पनि अवलोकन गर्नुभएको छ । मन्त्री श्रेष्ठसहितको टोली आइतवार स्वदेश फर्कने कार्यक्रम छ ।


Post a Comment

0 Comments