Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन । लामो विश्रामपछि कलाकार जयकिशन बस्नेतले दुःख सुख गरेर नयाँ चलचित्र धुम–२ निर्माण गरेका छन् । जसको ट्रेलर हालै राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । विराज भट्ट, रमित ढुंगाना र जय किशन बस्नेतको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘धूम’ले केही वर्ष अगाडि नेपाली बजारमा राम्रै धूम मच्चाएको थियो । 

‘धूम’ हिट फिल्मको सूचीमा सुचिकृत छ । अब ‘धूम’को नेम सिक्वेल ‘धूम २’ प्रदर्शनका लागि तयार भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले ‘धूम २’ को औपचारिक रिलिज घोषणा गरिएको हो । ट्रेन्डी फिल्मस् प्रा।लि, जाहन्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुतीमा निर्माण भएको फिल्म ‘धूम २’ को रिलिज भाद्र ८ गतेलाई फाइनल गरिएको छ । 

जय किशन बस्नेत फिल्मका नृत्य निर्देशन, लेखक, निर्माता र निर्देशक समेत हुन् । फिल्ममा उनको मुख्य भूमिका छ । प्रदर्शन मिति घोषणा कार्यक्रममा फिल्मको ट्रेलर र दुई गीत पनि देखाइएको थियो । ट्रेलर भने युट्युबमा रिलिज भएको छ । कार्यक्रममा बोल्दै नायक जय किशन बस्नेतले फिल्म ‘धूम २’ मनोरञ्जनको खजाना रहेको बताए । उनले भने, ’धूमलाई दर्शकहरुले अत्याधिक रुचाएपछि ‘धूम २’ निर्माण गरेको हुँ ।

’धूम’को सिक्वेल होइन ‘धूम २’ । फरक कथावस्तुमा हामीले ‘धूम २’ निर्माण गरेका छौं । मलाई के आश छ भने फिल्मबाट दर्शकहरुले भरपूर मनोरञ्जन पाउनेछन् ।’

उनले फिल्म ’धूम’भन्दा पनि ‘धूम २’ उत्कृष्ट बनेको दावी गरे । फिल्मका जय किशनको अलावा सृजना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, संजोग राणा, शोभित बस्नेत, उत्तम केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 

फिल्ममा एन.बि. महर्जनको द्धन्द्ध, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन र तारा थापा किम्मेको सम्पादन रहेको छ । फिल्मका कार्यकारी निर्माता मदन ताम्राकार हुन् भने विपन खत्री सह–निर्माता हुन् । 

फिल्मलाई शुभकामना दिन उपस्थित भएका जय किशनका भाई तथा निर्देशक शोभित बस्नेतले आफूले सुटिङ सेटमा दुःख दिएका कारण ‘धूम २’ राम्रो बनेको बताए । फिल्मलाई शुभकामना दिन ‘धूम २’ का कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी पनि उपस्थित थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply