Ticker

6/recent/ticker-posts

सेती नदीले बगाउँदा तीनजना बेपत्ता

कास्की,  साउन । पोखराको सेती नदीले बगाउँदा दुई युवतीसहित तीन जना बेपत्ता भएका छन् । पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा सोमबार साँझ नुहाउने क्रममा बगेर उनीहरु बेपत्ता भएका हुन् ।


दाङको साविक ताप्रे गाविस–७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ बर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका हुन् । सोमबार नुहाउने क्रममा उनीहरुलाई नदीले बगाए पनि आज मात्रै थाहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । संगीता, ध्वनी, सुनिल र गोम्छे सार्की नदीमा नुहाउन गएका थिए ।

सुरुमा नदीमा पसेकी संगीता बगेपछि बचाउन गएका सुनील र ध्वनीलाई पनि नदीले बगाएको होे । उनीहरुको खोजी कार्य विहानैदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments