नेपालगञ्ज, असार । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर ८ को १ हजार ६३२ मत गणना हुन बाँकी रहदासम्म कांग्रेसका भानुभक्त भट्टराईले ८ हजार ३०४ मत पाउनुभएको छ । एमालेका लुटबहादुर रावतको ८ हजार २१८ र माओवादी केन्द्रका नरेन्द्र न्यौपानेको ६ हजार ८५ मत रहेको छ ।
उपप्रमुखमा कांग्रेसका सञ्जु चौधरी जित नजिक पुग्नुभएको छ । सञ्जुको ९ हजार ३६९, एमालेका कृष्ण चौधरीको ८ हजार ५९१ र माओवादीका देवी थारुको ४ हजार ८८४ मत रहेको छ ।
बाँकेका ७ तह मध्ये बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा एमाले, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा कांग्रेस, नरैनापुरमा संघीय समाजवादी फोरम र नेपालगन्ज उपमहानगरपालिकामा प्रमुखमा राप्रपा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भइसकेका छन् ।
0 Comments