Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


रुपन्देही, साउन ।  रुपन्देही जिल्ला फुटबल सघंको आयोजनामा कोकाकोला कप अन्तर विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारबाट बुटवलमा शुरु हुँदैछ ।

प्रतियोगितामा जिल्लाका निजी तथा सरकारी विद्यालय गरी ५६ टिमको सहभागीता रहने जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा खेल संयोजक एवम जिल्ला फुटबल सघं रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले दिएको जानकारी अनुसार  प्रतियोगितामा छात्रतर्फ ५२ टिम र छात्रातर्फ ४ टिमको सहभागीता रहने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार प्रत्येक बर्ष आयोजना हुने प्रतियोगिताको यो संस्करणको छात्रतर्फको विजेताले ३० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । छात्रातर्फको विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने संयोजक क्षेत्रीले बताए । यसैगरी उत्कृष्ट पाच बिधामा प्रत्येक खेलाडीलाइ नगद २ हजारसहित सम्मान गरिने पनि जिल्ला फुटबल सघं रुपन्देहीले जानकारी गराएको छ ।

एन्फा टेक्निकल सेन्टर देबिनगरमा सन्चालन हुने प्रतीयोगीतामा दैनिक ४ खेल खेलाइनेछ । कोकाकोला कप फुटबलमा गतबर्षको विजेता छात्रतर्फ स्कर्लसहोम एकेडेमी रहेको थियो भने छात्रातर्फ एपेक्सले उपाधी जितेको थियो । विजेता टिम क्षेत्रीय स्तरको प्रतियोगिताका लागि छनोट हुने जिल्ला फुटबल सघं रुपन्देहीका अध्यक्ष कुमार केसीले जानकारी दिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply