काठमाडौं, २८ असार । संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालयले मुलुकका ६ वटा महानगरपालिकामा पहिलो चरणमा १० औं तहका कर्मचारीको नेतृत्वमा १९ जना कर्मचारी खटाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा विश्वराम श्रेष्ठको नेतृत्वमा ४, ललितपुरमा खगेश्वर गेलालको नेतृत्वमा ४, भरतपुरमा शम्भु ज्ञवालीको नेतृत्वमा ४, पोखरामा हेमन्त शर्माको नेतृत्वमा ४, विराटनगरमा भनुभक्त यांगदेनको नेतृत्वमा २ र विरगंजमा विनय मानन्धरको नेतृत्वमा २ जना कर्मचारी खटाएको छ ।
यसअघि स्थानीय निकायमा आयुर्वेदतर्फका एकजना कर्मचारी अनिवार्यरुपमा खटाउने गरि ५ देखि ९ औं तहसम्मका स्वास्थ्यका कर्मचारी खटाउन मन्त्रालयले सबै जिल्लालाई निर्देशन दिईसकेको छ ।
0 Comments