Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, असार । चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तीजको गीत लिएर आएकी छिन् । भण्डारीले आफ्नै स्वर र अभिनयमा तीज गीत बजारमा ल्याएकी हुन् ।
भण्डारीले मै कति भाग्यमानी बोलको तीजमा स्वर दिनुका साथै नृत्यसमेत प्रस्तुत गरेकी छिन् । विपिन किरणको शब्द र नारायण सुवेदीको संगितमा बिन्ध्याबासिनी म्युजिकले तीज गीत बजारमा ल्याएको हो 
भण्डारी विगत १२ बर्षदेखि  टेलिभिजनमा सकृय रहदै आएकी छिन् । च्यानल नेपालमा कार्यक्रम प्रस्तोता रहेकी भण्डारी सगरमाथामा टेलिभिजनमा समाचारवाचिका थिइन् । हाल नेपाल टेलिभिजनमा संकल्प कार्यक्रमकी प्रस्तोता भण्डारीको अर्को आधुनिक गीत पनि आउने क्रममा रहेको छ ।
संचारकर्मलाई पेशाको रुपमा अंगाले पनि गीतसंगीतमा भएको रुचीका कारण तीजको गीत बजारमा ल्याएको भण्डारीले बताइन् । उनी भन्छिन् – ‘पत्रकारिता मेरो पेशा हो, गीतसगीत शोख ।’
यस्ताे छ भिडियाे

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply