काठमाडौं, साउन । विवादको घेरामा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पूर्वअध्यक्षद्वय लोकेन्द्रबहादुर चन्द र पशुपतिशमशेर राणा अनुपस्थित रहेपछि सो पार्टीभित्र देखिएको विवाद झनै सतहमा आएको छ । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन भने पारित गरेको छ ।
उक्त प्रतिवेदन राप्रपाको भोलिदेखि शुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुँदैछ । यसैगरी महामन्त्री जयन्त चन्दद्वारा प्रस्तुत सचिवालय, अर्का महामन्त्री ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि बैठकले अनुमोदन गरेको छ। १७ सदस्यीय कार्यसम्पादन समितिको बैठकमा १३ जना मात्रै सहभागी थिए।
0 Comments