Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


–वसन्तप्रकाश उपाध्याय
कसलाई रहर छ र ! यो गर्मीमा तराई–मधेश झर्न । माग–मुद्दा जेसुकै होस् राजपा नामले खोजेका हुन् शितल सिंहदरबारको सत्ता सुख । त्यसैले मिल्ने कुरा थिएन । र, मिलेन । यिनीहरु अब क्रमशः डोरिनेछन् कमल–पथतिर । राप्रपा नआए एकदिन राजपा देखिनेछन्– झण्डावाला गाडीभित्र ।
मिलाउन खोज्दा केही ‘ढिलो’ भएको छ । भन्नेहरुले होइन लेख्नेहरुले समेत ‘हनिमून डेज’मा शंकाको लाभ दिएर धैर्य गरेनन् । तेज–तर्रार र आक्रामक सम्पादकीय लेखियो । व्यङ्ग्य–वाण पस्कियो र कार्टुन समेत बनाइयो । केहीको होइन धेरैको बुझाइमा–  यहाँ प्रतिपक्षी– प्रदोष हावी भएको देखिन्छ । 

वास्तवमा कैयौंले हिजोका दिनमा ‘चूँ’सम्म नबोलेको इतिहास छ । जहाँ ‘मल्कु’ त्यहाँ ‘ढल्कु’ त प्रचलन नै हो । उल्टो यहाँ एकदिन अघिसम्म सत्तोसराप गरिएकालाई ‘वर्ष–पुरुष’ घोषणा गरेको देखियो । सल्वलाउँछन्– केही ‘स्याल–कलम’हरु संक्रमणको यस्तो माहौलमा र नीतिवान ‘बहादुर’ देखिन्छन् । कांग्रेसको ‘सफ्टवेयर’ र क्याल्कुलेटर अलि सुस्त, कमजोर र छिटो विगत विर्सने खालको छ । राजनीतिक वर्वरता र व्यवस्था–अराजकता विरुद्ध यसले सधैँ ‘विचार’ बचाउने नेतृत्व ग¥यो । विचारको व्यापार गर्न कांग्रेसले टिभी, रेडियो खोलेन । अन्ध प्रचारका खातिर अखवारहरु निकालेन । यिनै बाटोहरुमा व्यपार गर्न तम्सेकाका लागि बरु ‘लाइसेन्स’ दियो । अहिले तिनै लाइसेन्सधारीहरु कांग्रेसविरुद्ध ‘फायर’ खोलिरहेका छन् । 

एउटा लोकगायक रहेछन्– साह्रै जुवा प्रेमी । खेल्न होइन हेर्न गएका थिए रे खालतिर । स्वीमिङ पूलतिर गएर पौडी विनाको सौन्दर्य हेर्न जाने ‘लठैतहरु’ झै विचरा ‘वादशाह र मिस्सी’हरुको जोडी हेर्न गएका रहेछन् । तर्क र पुष्ट्याइँमा ‘सूर्य छापे’हरुलाई कसले सक्ने ? अस्ति भर्खरै एक कलम–नेता नोट हेर्न ‘ग्यारेज’ गएका थिए । विचरा लाखको ‘मुठ्ठो’ कत्रो हुन्छ भनेर हेर्न गएका त्यत्तिकै फन्दामा परेछन् । अब यही भनेर चित्त बुझाउने त होला हामीले ।
जान्नु पनि कति जान्नु ? विरोधाभास  र द्वैधतामा विद्यावारिधी गरेका यस्तै डाक्टर’हरुको फन्दा र धन्दाले गाँजिएको छ– हाम्रो सिनामंगल । जहाँ ममः र चिकेन थुप्पाका लागि चाहिने सबै किसिमका ‘अचार’ छ तर विल्कुल कुनै ‘आचार–संहिता’ छैन । काला कर्ममा लागेका सदस्ूयहरुलाई कारवाही गर्ने ‘सेता हात्ती’हरुको काउन्सिल आफै थकित र गलित छ । 

आफूलाई पर्दा चित्त दुख्छ कतिपयको । कतिपय आफ्नालाई परेपछि व्यवसायिकता र अनुशासनको कुरा गर्छन् । सबैलाई थाहा छ वर्तमान सरकार आएको डेढ महिना जति हुँदैछ । यस अघि को थिए ? र, त्यसअघि कसको ‘हुँकार’ कायम थियो । विग्रेको छ केही कुरा भने त्यो हिजाको निरन्तरता पनि हो । कहीँ फूल फुलेको छ भने त्यो अस्ति विरुवा रोपेका कारण आज सम्भव भएको हो । सत्ता अविच्छिन्न उत्तराधिकारको स्वरुप हो । ‘वतासे–अण्डाको आरोप–प्रत्यारोपमा झैँ कोही कसैले आफूलाई ओभानो राख्न पाइँदैन । अझ उनीहरुकै ठूलो हुँइया छ– ‘आऊ जित्नलाई सहकार्य गरौं ।’

हिजो एक जना कहिल्यै साथमा नरहेका ‘साथी’ भेटिए । उनी भन्दै थिए– ‘मैले त साह्रै दुःख पाएँ ।’
मलाई उनको दुखको कारण थाहा थियो । उनी एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएका थिए ।
मैले भनेँः ‘मैले त त्यस्तो दुःख पचासौं पटक भोगेको छु । त्यतिखेर तिमीहरुलाई भन्दा सुनेनौं ।’
उनले मसिनो स्वरमा भनेः ‘त्यही त भन्या ? यो सबै आफूलाई नपरिकन थाहा हुँदैन रहेछ ।’

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply