Ticker

6/recent/ticker-posts

७ सय ३० अर्ब ५ करोड ५५ लाख राजस्व उठाउने लक्ष्य

काठमाडौं, साउन । सरकारले आर्थिक वर्ष २०७४÷७५ मा ७ सय ३० अर्ब ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । 
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजस्व संकलनको विगतलाई विश्लेषण गर्दै आर्थिक वर्ष २०७४÷७५ मा ७ सय ३० अर्ब, ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको स्पष्ट पार्नु भयो ।

सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले आर्थिक गतिविधि बढाउने गरी पुनर्निर्माणको काममा लगानीको विस्तार हुनु, भन्सार विन्दुहरुमा सुरुवात गरिएको नयाँ प्रणाली, लगानी अनुकूल वातावरणको निर्माण, निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलाप, राजस्व प्रशासनको विस्तारित क्षमता राजस्व संकलनमा वृद्धि हुने आधार रहेको पनि उल्लेख गर्नुभयो ।

अर्थ मन्त्रालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न चुहावट नियन्त्रणका लागि कठोर नीति लिने योजना पनि बनाएको छ । मन्त्री कार्कीले करको दायरा विस्तार, कर परिपालनामा अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि कठोर नीति अवलम्बन गरी राजस्व संकलन लक्ष्यभन्दा बढि असूल गर्ने योजना बनाइएको पनि बताउनुभयो । 

Post a Comment

0 Comments