Ticker

6/recent/ticker-posts

एभरेस्टमा प्रतियोगितात्मक छन्दोवद्ध कविता वाचन

भक्तपुर । एभरेस्ट इंगलिस स्कुल मिवाछेंद्धारा आदिकवि भानुभक्त आचार्यको २०४औँ जन्मजयन्तीको अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा जेम्स स्कुल ललितपुरकी सदीक्षा खतिवडा प्रथम, ग्लोरी स्कुल भक्तपुरकी उपासना पौडेल दोस्रो, मेधा मावि भक्तपुरकी सृजना तामाङ तृतीय तथा महेन्द्र विद्याश्रमकी विनी न्हुछेँ र काञ्जिरोवा नेशनल स्कुल काठमाडौका काव्य गौतमले सान्त्वना पुरस्कार पाए ।  

उपत्यकाका १५ विद्यालयका २६ जना विद्यार्थीहरूको सहभागिता रहेको सो प्रतियेगिताका विजेतालाई भूतपुर्व क्षेत्रीय शिक्षा निर्देशक नयन सिंह धामी तथा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले आदिकवि भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै नेपाली भाषाको महत्व बारे प्रकाश पारे ।

नयन सिंह धामी तथा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले नेपाली भाषामा भानुभक्तको योगदान बारे चर्चा गर्दै नेपाली भाषाको गरिमालाई सवैले बुझ्नुपर्ने बताए ।

Post a Comment

0 Comments