Ticker

6/recent/ticker-posts

अष्ट्रेलियन गाइडलाइन अनुसार क्यान्सर उपचार शुरु

ललितपुर, २३ असार । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर हरिसिद्धिमा केमोथेरापि उपचार गराईराखेका क्यान्सरका विरामीहरुका लागि थप सुविधासम्पन्न दिवा उपचार सेवा कक्ष शुरु गरिएको छ । ३० शैय्या सहितको सो कक्ष क्यान्सरका विरामी र उनीहरुका आफन्तका लागि सजिलोको लागि बनाइएको अस्पतालका संस्थापक एवम् कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले बताए । 

अष्ट्रेलियन क्यान्सर इन्स्टिच्युटको उपचार गाइडलाइन अनुसार उपचार गर्न सम्पूर्ण सुविधासहितको सो दिवा उपचार सेवा कक्ष खोलिएको र सो गाइडलाइन अनुसार उपचार सेवा गर्ने नेपाल क्यान्सर अस्पताल नै पहिलो अस्पताल भएको कार्यकारी अध्यक्ष डा.श्रेष्ठले राजधानीलाई बताए । सो गाइडलाइनअनुसार केमोथेरापि उपचार गरिँदा बढी सुरक्षित र भरपर्दाे हुने बताइन्छ । 

कार्यकारी अध्यक्ष डा.श्रेष्ठका अनुसार सोमबारदेखि शुरु गरिएको सो कक्षमा क्यान्सर विशेषज्ञ चिकित्सक तथा तालीमप्राप्त नर्सहरुबाट उपचार र प्रत्यक्ष रेखदेख गरिनेछ । 

Post a Comment

0 Comments