Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

दाङ, ८ साउन । ७ बर्ष अघि हत्या गरिएका देविप्रसाद धितालकि छोरी मनिषा धितालले आफ्नो बाबुको हत्यारालाई पक्राउ गरि कारवाही गर्न सुरक्षा प्रमुखसमक्ष माग गर्नुभएको छ ।  

देविप्रसाद धिताल हेमराज प्रतिष्ठान तुलसीपुरले शनिबार आयोजना गरेको बिशेष अन्तरक्रिया कार्यक्रममा मनिषाले अन्य हत्याका घटनामा सलग्नहरुको पहिचान हुने तर आफ्नो बुवाका हत्यारा अझैसम्म पक्रन नसकेकोमा आक्रोस पोख्नुभयो । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आफु असार २५ गतेबाट प्रमुख जिल्ला अधिकारीका रुपमा दाङ आए देखि यस घटनालाई गम्भीरतापूर्बक लिएको बताउनुभयो ।  
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख,प्रहरी नायब उपरिक्षक भूवनेश्वर तिवारीले स्वर्गीय धितालकी छोरीको रोद्न,आँशुका थोपाले थप गम्भीर र संबेदनशील बनाएको बताउदै अपराधिहरुको पहिचान गरि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । २०६७ साल साउन ६ गते अपरान्ह ५ बजेतिर तुलसीपुर सीतलपुर सडक खण्ड अन्तर्गत हेमनगरको मुख्य रोडमा एक समुहले गोली प्रहार गरि धितालको हत्या गरेको थियो । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply