Ticker

6/recent/ticker-posts

कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार

काठमाडौं, असार । नेपाली कांग्रेसले यही साउन ९ गतेका लागि तोकेको केन्द्रीय समितिको बैठक २ दिन अघि सारेको छ। 
फाइल तस्बीर
बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसले साउन ९ गते बस्ने भनिएको बैठक ७ गतेका लागि सारेको जानकारी दिएको छ । कांग्रेसका केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बैठकको मिति हेरफेर भएको र बैठक साउन ७ गते पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ। 

समसामयिक विषयमा निर्णय गर्नुपर्ने भएकाले बैठक २ दिन अगाडि सारिएको र बैठकमा सरकारलाई पूर्णता दिने, तेस्रो चरणको निर्वाचन आदिका बारेमा छलफल हुने जनाइएको छ।

Post a Comment

0 Comments