Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


म्याग्दी, साउन । म्याग्दीका स्थानीय तहले आर्थिक वर्ष २०७४/७५ का लागि डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट बिनियोजन गरेका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पहिलो पटक निती तथा कार्यक्रम र बजेट सार्वजनीक गरेका हुन् । बेनी नगरपालीका र पाँच वटा गाउँपालीकाले कुल एक अर्ब ६७ करोड ३५ लाख ५८ हजार रुपैया बजेट बिनियोजन गरेका छन् । केन्द्रिय अनुदानमा आश्रीत बजेटमा आन्तरीक आम्दानीको हिस्सा न्युन छ । 

केन्द्र सरकारले उपलब्ध गराउने समानीकरण र शसर्त अनुदान एक अर्ब ५५ करोड रुपैया छ । स्थानीय तहले पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेका छन् । ३७ करोड ७८ लाख ८६ हजार रुपैया बजेट बिनियोजन गरेको बेनी नगरपालीकाले वडालाई जोड्ने सडकको स्तरवृद्धी गर्ने योजनालाई प्राथमिकता दिएको छ । 

२६ करोड ९३ लाख २७ हजार रुपैया बजेट बिनियोजन गरेको धौलागिरी गाउँपालीकाले बिकट र दुर्गम बस्ती गुर्जालाई सडक सञ्जालसंग जोड्न लुलाङ–गुर्जा सुरुङमार्गको डिपीआर तयार पार्न आठ लाख रुपैया छुट्टाएको छ । २५ लाख ५७ हजार ८३ हजार रुपैया बजेट बिनियोजन गरेको मालीका गाउँपालीकाले सडक, खानेपानी, विद्युतीकरण योजनालाई प्राथमिकता दिएको छ । 

२८ करोड ९१ लाख रुपैया बिनियोजन गरेको मंगला, २४ करोड ८५ लाख बजेट रहेको रघुगंगा र २३ करोड २९ लाख ६२ हजार ६२ हजार रुपैया बिनियोजन गरेको अन्नपूर्ण गाउँपालीकाले आफ्नै डोजर खरिद गर्न एक करोड रुपैया भन्दा बढी छुट्टाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply