Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसीरभित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  प्रधानमन्त्री देउवाले सरकार १ सय ६५ वटै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचन गर्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो । 

उहाँले पुरानै निर्वाचन क्षेत्र कायम गर्ने पक्षमा सरकार रहेको भनेर भ्रम सृजना गर्न खोजिएको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो । प्रधानमन्त्री देउवाले २ दिन भित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । 

काठमाडौंमा भएको ५५ औं नेपाल इन्जिनियर्स एशोसिएसनको वार्षिकउत्सवक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पनि सरकारले निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्ने उल्लेख गर्नु भयो । 

प्रधानमन्त्री देउवाले राष्ट्र निर्माणमा इन्जिनियरहरुले खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंशा गर्नु भयो । उहाँले मुलुकको भौगोलिक विकटतालाई चिरेर जनताको आधारभूत आवश्यक्ता पूरा हुने गरी निर्माणको काम अघि बढाउन पनि इन्जिनियरहरुसँग आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान पनि गरिएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply