Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, ४ साउन ।  एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत लगातार दुई खेलमा पराजय व्यहोरेको नेपालले समूह डीको अन्तिम खेल आज लेबनानसँग खेल्दैछ । 
नेपालजस्तै आफ्नो पहिलो २ खेलमा पराजित भएको लेबनानले नेपालको तुलनामा कम गोल खाएको छ। दुवै टोली जित हात पारेर प्रतियोगिताबाट सुखद बिदाई लिने दाउमा छन्।

नेपालले पहिलो खेलमा युएईसँग ५–०को फराकिलो अन्तरको हार व्येहोरेको थियो भने दोश्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै उज्वेकिस्तानसँग २–०ले पराजित भयो। यता पहिलो खेलमा उज्वेकिस्तानसँग ३–१ले पराजित लेबनानले दोश्रो खेलमा युएईसँग १–०ले हार्यो।

लेबनान तुलनात्मक रुपमा नेपालभन्दा शारीरिक रुपले बलियो देखिन्छ। उसको विगतका खेलहरुमा प्रदर्शन पनि राम्रो हुँदै आएको छ। यता नेपालले भने दुवै खेलमा आशातीत प्रदर्शन गर्न सकेको छैन। प्रतियोगिताको अन्तिम चरणमा छनोट हुने सम्भावना समाप्त भइसकेकोले दुवै टोलीमा कुनै प्रकारको दबाब छैन।

समूहको शीर्षस्थानको टोलीको टुङ्गो लगाउन आज हुने पहिलो खेलमा घरेलु टोली युएई र उज्वेकिस्तान खेल्दैछन्। खेल बराबरी भएको अवस्थामा युएई समूह विजेता बन्नेछ। नेपाल र लेबनानको खेल नेपाली समयानुसार रातको ११ बजे सुरु हुनेछ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply