काठमाडौं, साउन । सरकारले आज या भोली सम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ दलहरु आन्तरिक तयारीमा रहेका छन् ।
दोस्रो चरणको स्थानीयतहको चुनावका कारणले मन्त्रिमण्डल बिस्तारमा केही ढिलाई भएको भए पनि अब चाडै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बताए । उनले भने– खासगरी मन्त्रालय बाँडफाँड गर्ने काम करिब–करिब सकिएको छ, मन्त्री कस कसलाई बनाउने भन्नेबारे पनि टुंगोलागेपछि सरकार बिस्तार हुन्छ ।’
सरकारमा सहभागिता गराउनेबारे राप्रपा र संघीय समाजवादीफोरम नेपालसँग कुराकानी भैरहेको पनि उनले जानकारी दिए । लेखकले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन गर्ने समेत जनाए ।
0 Comments