Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

जनकपुर,  साउन । जिल्ला शिक्षा कार्यालय धनुषाका उपजिल्ला शिक्षा अधिकारीलाई उनकै कार्यकक्षमा सोहि कार्यालयकै नायब सुब्बाले चप्पलले कुटेका गरेका छन् । अवैध नीजी विद्यालयलाई कारवाही गरेपछि आक्रोशित नायब सुब्बाले उपल्लो तहका कर्मचारीलाई चप्पले हानेका हुन् ।

उपजिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नायब सुब्बाले अनिल कुमार रायले गाली गलौजसहित चप्पलले कुटेको पीडित यादवले बताउनुभएको छ ।  बिना दर्ता संचालनमा रहेका निजी विद्यालयलाई कारबाही गरेको भन्दै आक्रोशित नायब सुब्बा रायले सोमबार गालीगलौज गरी कार्याकक्षमै झापड र चप्पलले हानेका हुन् ।

कार्यालयका अन्य कर्मचारीहरुकै उपस्थितीमा उनकै कार्यकक्षमा रायले उपजिशिअ यादवलाई कुटपिट गरेपनि उनलाई हालसम्म कुनै कार्वाही भने भएको छैन् । बिना दर्तासञ्चालनमा रहेका निजि विद्यालयहरुलाई नियन्त्रण गर्न उप जिशिअ यादबको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरि असार २५ गतेदेखी जनकपुर नगरक्षेत्रका विभिन्न विद्यालयहरुमा अनुगमन थालिएको थियो ।

आइतबार सम्ममा ३३ वटा निजि विद्यालयहरुमा अनुगमन गरि बिना दर्ता र बिना कुनै पुर्वाधार सञ्चालनमा रहेका १२ वटा विद्यालयलाई बन्द गर्न निर्देशन समेत दिईएको छ । तर, यस्ता विद्यालयहरुसंग रकम उठाई जिल्ला शिक्षा कार्यालयकै कर्मचारीहरुले फर्जी संचालन पत्रहरु दिएको जानकारी समेत प्राप्त भएपछि अनुगमन टोलीका संयोजक यादवले अवैद्य विद्यालय संचालनमा जिशिकाका कर्मचारीहरुको मिलोमतो रहेको आशयको प्रतिवेदन तयार गर्ने थाहा पाएपछि कार्यालयका नासु राय आक्रोशित भएका हुन् ।

नासु रायले बसहियामा कुनै भौतिक पूर्वाधार र बिना दर्ता संचालनमा रहेको शिवशंकर र्बोडिग स्कुलको कागजात कानुन संगत रहेको जिकिर गरेका थिए । तर अनुगमनमा दर्ता नभएको र कागजात पनि नपाइएपछि बन्द गर्न निर्देशन यादवले दिएका थिए । यही घटनालाई लिएर आक्रोशित नायब सुब्बाले गालिगलौज गरि कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यता, उपजिशिअलाई कुटपिट गरेका नासु रायमाथि कार्वाही प्रक्रिया अघि बढाउनुको साटो जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले दुवै पक्षलाई मिलेर जान भन्दै घटनालाई ढाकछोप गर्ने प्रयास गरेका छन् ।

जिशिकामा प्रत्येक कामकारवाहीको अवैध दररेट निर्धारण गरिएको बताउंदै यादवले शिक्षकको जिल्लान्तर सरुवाको दर अढाई देखी ३ लाख सम्म रहेको बताउनु भयो । बालविकासको सवा लाख दर रहेको र निजि विद्यालयलाई बिना कुनै आधार अनुमति दिन ५० हजारमा मोलमोलाई हुने गरेको यादवले बताउनुभयो । कर्मचारी र जिशिअको मिलोमतोमा भ्रष्टाचार बढ्दै गएपनि यसलाई रोक्न खोज्ने वा अवरोध गर्नेलाई ठूलो असुरक्षा रहेको उहाँको भनाई थियो ।
यता जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले घटनाको छानविन गरि विभागिय कारवाही गरिने जनाउनुभएको छ । दोषि कर्मचारीलाई शिक्षा ऐनमा उल्लेख भएअनुसारको कार्वाही प्रक्रिया अघि बढाउने महतोको भनाइ छ । साभारः सगरमाथा टेलिभिजन

भिडियो यस्तो छ...

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply