Ticker

6/recent/ticker-posts

पूर्वराजा भिभिआइपी सुइटमा, आज डिस्चार्ज हुने

काठमाडौं, ६ साउन । मुटुमा समस्या देखिएर बुधबार एन्जिओप्लास्टि गरिएका पुर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था राम्रो हुँदै गएको नर्भिक अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था राम्रो भएकोले शुक्रबार डिस्चार्ज गरिने संभावना छ ।

अवरोध भएको मुटुको नशामा ‘स्टेण्ट’ राखिएपछि बुधबार सिसियुमा राखिएका पुर्वराजाको स्वास्थ्य अवस्थामा निकै सुधार भएपछि विहीबार विहान उनलाई अस्पतालको अति सुविधासम्पन्न अति विशिष्ट कक्ष अर्थात ४०१ नंको भिभिआइपि सुइटमा सारिएको थियो ।  पुर्व रानी कोमल बुधबारदेखि अस्पतालमै छिन भने आफ्ना ससुराको स्वास्थ्य अवस्था बुझ्न बुहारी हिमानी छोराछोरीका साथ अस्पताल पुगेकी थिइन ।

पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाली सेनाका पूर्वप्रधान सेनापति रुक्मांगद् कटुवाल, पुर्व उपप्रधानमन्त्री कमल थापा, पुर्वमन्त्रीहरु केशरबहादुर विष्ट, बुद्धिमान तामांग, टंक ढकाल, प्रकाशचन्द्र लोहनी, दिनेश श्रेष्ठ, जगत गौचनलगायत अस्पताल पुगेका थिए । 

बर्तमान सरकारका मन्त्री, राजनैतिक दलका नेताहरु पूर्वराजालाई भेट्न अस्पतालमा नपुगेतापनि सर्वसाधारण जनता भने उनको शीघ्रस्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेको अस्पतालले जनाएको छ । पुर्वराजाको स्वास्थ्य लाभको कामना गर्न जाने सर्वसाधारणको लागि अस्पतालमा आगन्तुक पुस्तिका राखेको छ ।

Post a Comment

0 Comments