काठमाडौं, साउन । कलाकारिता क्षेत्रबाट गायन क्षेत्रतिर जम्प गरेका नविन पौडेल अहिले नयाँ एल्वमको अन्तिम तयारीमा जुटेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गायक नविनले आफू नयाँ एल्बम ‘स्ट्रगल’ को अन्तिम तयारीमा जुटेको बताएका हुन् ।
करिब ५ बर्ष अघि तत्कालीन नेपाल टेलिभिजन–२ बाट प्रशारित ‘चलेको चलन’ नामक नेपाली टेलिचलचित्र निर्माण गरेर चर्चा कमाएका नविन उक्त टेलिचलचित्रको प्रमुख कलाकारको भूमिकामा समेत देखिएका थिए । चलेको चलनबाट नै निर्माता एवं कलाकारको छवि बनाएका नविन कलाकारिता छाडेर गायन तर्फ लागेका थिए ।
‘पागल पन’ नामक एकल आधुनिक एल्बम बजारमा ल्याइसकेका नविन अहिले ‘स्ट्रगल’ नामक नयाँ एल्बम बजारमा ल्याउने अन्तिम तयारीमा लागेका छन् । नविनले भने ‘म अहिले स्ट्रगलको अन्तिम तयारीमा छु, सम्भवत दशै पछाडि नयाँ एल्बम सार्वजनिक हुन्छ ।’
गायक नविनका अनुसार उनको नयाँ एल्बममा ६ वटा गीत समावेश हुनेछन् । जसमध्ये ४ वटा गीत रेकर्ड समेत भइसकेको उनले बताए । सबै गीत फाइनल भए पछि मात्रै सार्वजनिक गर्ने तयारीमा आफू रहेको बताए । यस अघि गायक नविनको पागलपन एल्बमको टाइटल गीतले सांगितिक क्षेत्रमा राम्रो स्थान पाएको थियो ।
0 Comments