काठमाडौं, असार । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले (राजपा) तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भने भाग लिने संकेत गरेको छ ।
चुनाव प्रभावित पार्ने भन्दै आन्दोलनमा गएपनि जनताले आन्दोलनलाई नभई चुनावलाई साथ दिएपछि राजपा पनि चुनावमा भाग लिन बाध्य भएको हो । त्यसो त दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन विपरित केहि स्थानीय तहमा पार्टीकै नेता तथा कार्यकर्ता उम्मेद्वार भनेर जित समेत हाँसिल गरेका छन् ।
पार्टी भित्रैवाट विद्रोह हुन थालेपछि राष्ट्रिय जनता पार्टीले असोज २ का लागि तय गरिएको तेस्रो चरणको स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । राजपाले निर्वाचनमा दल दर्ता विधान निर्माण तथा दलीय चुनाव चिह्न लिन आयोगले निर्धारण गरेका आवश्यक मापदण्ड पूरा गर्ने विषयमा दलका शीर्ष नेताबीच मंगलबार छलफल भएको छ । राजपाका नेता राजकिशोर यादवले निर्वाचनमा सहभागिताका लागि घोषणपत्र निर्माण गरी छातालाई निर्वाचन चिह्न लिनेबारे बैठकमा छलफल भएको जानकारी दिए ।
0 Comments