Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, साउन । चलचित्र क्षेत्रमा लागेको २५ वर्षपछि कलाकार सुन्दरलाल श्रेष्ठले बेलायतमा ऐतिहासिक अवार्ड हात पार्न सफल भएका छन् । उनले नाटकदेखि अहिले प्रदर्शनको मुखमा रहेको चलचित्र सकससम्म आइपुग्दा दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । 

हालै बेलायतमा सम्पन्न राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको १० औं सस्करणमा श्रेष्ठले २० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा तन, मन र धन लगाएर गरेको योगदानको उच्च मूल्यांकन गर्दै इन्करेज अवार्ड बाट आयोजकले उनलाई सम्मान गरेको हो ।

अवार्ड हात पारेपछि सुन्दरलालले खुशी व्यक्त गर्दै यो नै मेरो जीवनको पहिलो अवर्डा भएका बताए । चलचित्र क्षेत्रमा लामो समयसम्म काम गरेको भए पनि अवार्ड हात पार्न नसकेका सुन्दरलाले तीतो यथार्थ पोख्दै भने– ‘अवार्ड पाउनका लागि कि आफ्नो मान्छे हुनुप¥यो कि खल्ती दह्रो हुनुपर्ने अवस्था विद्यमान छ । फिल्म क्षेत्रको लामो अनुभवमाबा देखेको र भोगेको यथार्थ यही हो ।’ 

तर, अहिले हजारौं दर्शकको त्यो पनि विदेशी मुलुकमा लामो समयपछि हर्षोल्लासकामाझ राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड उचाल्न पाउँदा आफूले भोगेको सारा दुःख विर्सेको बताए । कलाकार सुन्दर श्रेष्ठले दुई दशकअघि देखि विभिन्न स्टेज नाटक, रेडियो नाटक, टेलिचलचित्र, ठूलो पर्दाका चलचित्रमा अभिनय गरेका छन् । 

उनले पहिलोपटक ठूलो पर्दाको चलचित्र चित्कारबाट अभिनय यात्रा थालेका हुन् । त्यसपछि उनले जुनीभरीलाई, पागलपन, मस्ती, देवयानी, शहीद, स्वाभिमान, फर्कि आऊँ, तिमी विनाको जीवन, तिम्रो सम्झना, आगो–२, हामी शरणार्थी, मायाज बार, तृष्णा, कटेरो, सकस, पिँजडा व्याक अगेन लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

अहिले छायांकन भइरहेको चलचित्र ब्ल्याकमा व्यस्त छन् । उनले अभिनय गरेको चलचित्र जयपर्शुराम र लप्पन छप्नन हालै पदर्शनमा आएका थिए । मुलुकको जस्तोसुकै परिस्थितिमा पनि विगत दुई दशकदेखि सक्रिय सुन्दरलाल अब छिट्टै नै विग बजेटको चलचित्र आफ्नै व्यानरमा निर्माण गर्ने तयारीका साथ लागिपरेका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply