Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


ललितपुर, साउन ।  क्यान्सरका कारण आवाज गुमाएका विरामीलाई फेरी बोल्न सक्ने बनाउन नेपाल क्यान्सर हिस्पटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा पहिलोपटक आवाज यन्त्र प्रत्यारोपण गरिएको छ । अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठका अनुसार ६० र ५५ वर्षको दुईजना क्यान्सरका विरामीमा सो यन्त्र प्रत्यारोेपण गरिएको हो । 

भारतीय क्यान्सर विशेषज्ञ डा.विशाल रावले निर्माण गरेको सो यन्त्र ती दुई विरामीमा निःशुल्क प्रत्यारोपण गरिएको हो । सो अस्पतालका टाउको तथा घाँटीरोग शिवेषज्ञ डा.दिपक यादव नेतृत्वको चिकित्सक टोलीले सो यन्त्र प्रत्यारोपण गरेका थिए । हामीसंग यो यन्त्र छ, अब हामी नियमितरुपमा यसको प्रयारोपणको काम गर्नसक्षम छौं, डा.श्रेष्ठले भने ।

सो अस्पतालले राजधानीका टाउको र घाँटी विशेषज्ञलाई सहभागी गराई यसको प्रत्यारोपणबारे तालीम दिने र त्यसपछि क्रमश प्रत्यारोपणको कार्य गरिने पनि उनले बतँए । नेपालमा दुईसय रुपैयाको हाराहारीमा पर्ने सो यन्त्र विदेशमा भने ५० हजार रुपैयासम्म पर्ने पनि उनले बताए ।

प्रत्यारोपणपछि विरामीले बोल्न सक्ने उल्लेख गर्दै डा.श्रेष्ठले उनीहरुकको सफलतापछि अरु विरामीमा प्रत्यारोपणको कार्य अघि बढाइने सो अस्पतालले जनाएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply