Ticker

6/recent/ticker-posts

जनमुक्ति सेनालाई चिनियाँ राष्ट्रपतिको यस्तो निर्देशन

चीन, १६ साउन । चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनको जनमुक्ति सेनालाई विश्वकै आधुनिक तथा उत्कृष्ट सेनामा रुपान्तरण हुन आग्रह गरेका छन् । 


जनमुक्ति सेनाको स्थापना भएको ९० औ वर्षगाँठमा आयोजित परेडलाई सम्बोधन गर्दै राष्ट्रपति सीले हाल विश्व अशान्त रहेको भन्दै यस्तो समयमा जनमुक्ति सेना अझ आधुनिकिकरण हुनुपर्नेमा जोड दिए । सुदूर उत्तरी चीनको भित्री मङ्गोलिया प्रान्तमा आयोजित परेडमा सीले जनमुक्ति सेनाले चीनलाई समुन्नत बनाउन सेनाको ठूलो योगदान रहने भन्दै जनमुक्ति सेनाको प्रसंसा गरे ।

 सेनाले चिनियाँ जनताको रक्षा गर्न कम्युनिष्ट पार्टीले खटाएको स्थानमा जान तथा सेवा गर्न समेत आग्रह गरे । परेडमा अत्याधुनिक क्षेपयास्त्र, सैनिक सवारी साधन, लडाकु विमान तथा १२ हजार सैनिकको सहभागिता रहेको चिनको रक्षामन्त्रालयले जनाएको छ । चिनियाँ जनमुक्ति सेना विशवकै सबैभन्दा ठूलो सैनिक संगठन हो ।

Post a Comment

0 Comments