Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १४ साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुँदैछ । शुक्रबार तीन घण्टा लामो वार्ता भएपनि चिकित्सा शिक्षा ऐन पारितका बिषयमा सहमति हुन नसकेपछि वार्ता बिना निष्कर्ष सकिएको थियो ।


केसीका मागका सम्बन्धमा सरकारी पक्षले थप गृहकार्य गर्ने र आज अपरान्ह पुनः वार्ताको तयारी भएको केसी पक्षका प्रतिनीधि डा. सुमन सापकोटाले जानकारी दिए । डा. केसीका मागका सम्बन्धमा संसदको अधिकार क्षेत्रभित्र पर्ने भएकाले त्यसमा आफुहरुले सहमति गर्न नसक्ने सरकारी पक्षको अडानका कारण शुक्रबारको वार्ता बिना सहमति सकिएको थियो । 

यसैबीच अनसनको छैटौं दिन डा. केसीको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ । शुक्रबार साँझ केसीको मुटुको चालमा समस्या देखिएको तथा शरिरमा पानीको मात्रा घटेको डा. सापकोटाले बताए । केसीलाई चौथो दिनदेखि नै चिकित्सकको बिशेष निगरानीमा राखिए पनि अघिल्लो पटक भन्दा स्वास्थ्यमा समस्या देखिदैं गएको सापकोटाको भनाई छ । 

डा. केसीको समर्थनमा आज प्रर्दशनको तयारी भएको छ । सोलिडारिटि फर डा. केसी एलाईन्स, बिवेकशील साझा पार्टी लगायतले बिहान ११ बजे माईतीघरमा केसीको समर्थनमा बृहत प्रर्दशन गर्ने तयारी गरेका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply