Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुटगत राजनीतिको अन्त्य हुनपर्ने बताउनुभएको छ । 

बुधबार भएको मन्त्रिपरिषद् विस्तारलाई लक्षित गर्दै महामन्त्री कोइरालाले भन्नुभयो  ‘यसको भागमा यति मन्त्री भनेर बनाउने कुरा ठिक हुँदै होइन, गुटबन्दी र भागबण्डाको राजनीति अन्त्य गरिनुपर्छ ।'  पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा कांग्रेस कमजोर हुनको पछाडि गुटगत राजनीतिका साथै विविध कारण रहेको स्मरण गराउनुभयो । 

नेपाल प्रेस युनियनआवद्ध पत्रकारलाई चियापानका लागि आफ्नै निवासमा बोलाएका महामन्त्री कोइरालाले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टीलाई मात्र हैन ‘डेमोक्रेसी’लाई नै खत्तम पार्ने बताउनुभयो ।  उहाँले भागवण्डा कांग्रेसमा मात्र नभएर कसैमा पनि हुन नहुने बताउनुभयो । उहाँले नेपाल प्रेस युनियनको चुनावमा सबै मिलेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।   


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply