Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन । काठमाडौं निर्माता ज्याक श्रेष्ठ अहिले धमाधम चलचित्रमा अभिनय गर्न व्यस्त छन् । बुधबार उनलको पछिल्लो चलचित्र रुद्रको प्रिमियरमा राजधानी भेटिएका ज्याकले आफू चलचित्र निर्माता भन्दा कलाकार भएर दर्शकमाझ चिनिदै गएकोमा खुशी प्रकट गरे । चलचित्र क्षेत्रमा केही गर्नुपर्छ भनेर उनले चलचित्र शिवा निर्माण गरेका थिए । जुन चलचित्र प्रदर्शनको संघारमा रहेको छ । 

चलचित्र पशुपतिप्रसादमा सुन साउजीको छोटो भूमिकाबाटै दर्शकको मन मस्तिष्कमा बस्न सफल भएको ज्याक सञ्चारकर्मी लक्ष्मण सुवदीको कमेडी चलचित्र लालजोडीमा पनि जमेका थिए । 

जति दर्शकले चलचित्र लालजोडीमा उनलाई हेरका थिए ती सबैले उनको अभिनयको तारिफ समेत गरका छन् । त्यसपछि उनले सुशील पोखरेलको एक्सन चलचित्र राधेमा कमेडी पुलिसको भूमिकामा आफूलाई पर्दामा उतारे । राधेसँगै हालै प्रदर्शनमा आएको चलचित्र धनपतिमा देखिएका ज्याकको वास्तविक नाम भने राजु श्रेष्ठ हो । उनी विना ज्याक आफू चलचित्रमा धमाधम आइरहेका कारण आफूलाई राजु श्रेष्ठ भन्दा ज्याक भन्न रुचाउँछन् । 

एकपछि अर्कोगर्दै चलचित्रमा देखिएका उनी आगामी चलचित्र पिंजडा व्याक अगेन र हिरोजमा पनि देखिदैछन् । प्रायः निखिल उप्रेतीको चलचित्रमा निरन्तर देखिदै आएका श्रेष्ठ भन्छन्–‘मलाई अभिनयमा अझ सशक्त बनाउन निर्देशक दीपेन्द्र के खनाल र नायक निखिल उप्रेतीको ठूलो हात छ ।’ उनीहरुकै साथ र सहयोगले मैले छोटो समयमै दर्जनौं चलचत्रिमा अभिनय गर्ने अवसर पाएको बताए । 

अर्को चलचित्र शिव द लिडरको निर्माण समेत गरिसको उनले बताएका छन् । ज्यानले साथ दिएसम्म नेपाली चलचित्र क्षेत्र र प्रिन्टिङ व्यवसायमा लाग्ने अठोटका साथ लागिपरेका कलाकार तथा निर्माता श्रेष्ठले छोटो समयमै चलचित्रमा ठूलो फड्को मारेका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply