Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

जनसम्पर्क समिति बेलायतमा चुनावी चटारो 
काठमाडौं, साउन । बेलायतमा विगत लामो समयदेखि सक्रिय रहँदै आएका युवराज सिंहले नेपाली कांग्रेस निकट जनसम्पर्क समिति बेलायतको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । विभाजित जनसम्पर्क समति यूकेको चेतनाथ खनाल समुहका महामन्त्री सिंहले आउँदो अधिवेसनमा अध्यक्षमा लड्ने घोषणा गरेका हुन् ।

बेलायतमा बस्ने नेपालीहरुबीच लोकप्रिय रहेका सिंहले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुले मेरो आवश्यकतालाई महशुस गरेका आह्वानलाई आत्मसात गर्दै उम्मेदवारीको घोषणा गरेको बताए । जनसम्पर्क समिति यूकेका विभाजित सबै समुहको सहभागितामा आउँदो सेप्टेम्बर १७ तारिखका दिन एकता अधिवेशन हुनेछ । 

अध्यक्ष प्रत्यासी सिंहले वर्षौंदेखिको विवाद र फुटले ग्रस्त संगठनलाई एकताबद्ध गराएर गुमेको साख फिर्ता गराउने अठोट व्यक्त गरेका छन् । सिंहले नेपाली कांग्रेसको राजनीतिमा लामो समय बिताएका छन् । स्कुले जीवनबाटै राजनीति सुरु गरेका सिंह दिपायलको दिल्पेश्वर माविको नेविसंघ ईकाइ सभापति भएर काम गरेका थिए ।

विसं। २०५५ मा काठमाण्डौको नेपाल कमर्स क्याम्पस, मीनभवनमा स्ववियुको सहसचिव निर्वा्चित भएका सिंह विसं। २०६० मा स्ववियुको सभापति उम्मेदवार बनेका थिए । विसं। २०५७ देखि २०६३ सम्म उनले नेपाल कमर्स क्याम्पस, मीनभवनको नेविसंघ सभापतिका रुपमा काम गरेका थिए । नेविसंघको केन्द्रीय सदस्यका रुपमा समेत काम गरेको अनुभव सिंहसँग छ । 

त्यसबाहेक उनले कैलालीमा कांग्रेसको क्षेत्रीय समितिको उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । बेलायत पुगेपछि पनि जनसम्पर्क समितिको माध्यमबाट सिंह निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय छन् । कांग्रेसको १३ औं अधिवेशनमा उनी बेलायतबाट प्रतिनिधीको रुपमा सहभागी भएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply