काठमाडौ, साउन । गत शुक्रबार काठमाडौंबाट नर्वेको राजधानीओस्लोमा नर्वे कप फुटबल प्रतियोगितामा भाग लिन गएका काव्य स्कुलका विद्यार्थीहरु नर्वेमा आफ्ना प्रतिष्पर्धि देशका खेलाडीसंग फुटबल खेलेर रमाउँदै छन् ।
संसारका किशोर किशोरी र युवाहरुको सबैभन्दा ठुलो फुटबल प्रतियेगिताको रुपमा परिचित नर्वे कप २०१७ मा उनीहरु १६ र १३ वर्ष उमेर मुनिको समूहबाट ७ ए साइड फुटबल खेल्दैछन् ।
जुनियर फुटबल एकेडेमी नेपाल मार्फत एकेडेमीका मुख्य प्रशिक्षक एवम् काव्य स्कुलका खेल संयोजक प्रज्वलप्रताप क्षेत्रीको नेतृत्वमा नर्वे गएका काव्य स्कुलका विद्यार्थीहरु सुमन गुरुंग, सञ्जय खत्री र ओम दाहालको साथै राजधानीका अन्य स्कुलबाट गरि १४ जना विद्यार्थी नर्वे गएका थिए । सो टोलीमा सहायक प्रशिक्षकहरु अमित खडका र प्रमोद पाण्डे तथा टीम व्यवस्थापक सुमन तिमल्सिना पनि सम्मिलित छन् ।
नर्वे गएका अन्य विद्यार्थीहरुमा आयन सिलवाल, कृष न्यौपाने, निर्माणराज शाक्य, आदित्य सुबेदी, सुमन्स गौतम, श्रीजेश कार्की, रित दत्त, गणेश भण्डारी, प्रविन कार्की, दिप गुरुंग र निश्चल न्यौपाने छन् ।
उनीहरुलाई जुनियर फुटबल एकेडेमी नेपालका अध्यक्ष एवम काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्का तथा राष्ट्रिय खेलकूद परिषदका पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठले खादा तथा टका लगाएर विदाई गरेका थिए ।
काव्य स्कुलका विद्यार्थीहरु यसअघि जुनियर फुटबल एकेडेमी मार्फत अमेरिका, थाइल्याण्ड, ताइवान गएर फुटबल खेलिसकेका छन् । उनीहरु अर्काे हप्ता नेपाल फर्किँदैछन ।
0 Comments