Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका तर्फबाट बुधवार मन्त्री बनेका १० जनाले सपथग्रहण गरिसकेका छन् । एकजना मोहन बस्नेतबाहेक अरु सबै ९ जनाका लागि मन्त्री पद नयाँ र पहिलो अनुभव हो ।

प्रदेश नम्बर ३ अन्तरगत काठमाडौं जिल्लाबाट मात्रै ३ जना मन्त्री भएका छन् । राजेन्द्रकुमार (राजन) केसी, रामचन्द्र पौडेल समूहबाट मन्त्री भएका छन् । भीमसेन दास प्रधान कृष्णप्रसाद सिटौला समूहबाट र अम्बिका बस्नेत देउवा समूहबाट मन्त्री बनेका छन् । 
कांग्रेसले प्रदेश नम्बर १ बाट मीन विश्वकर्मालाई मन्त्री बनाएको छ । यो प्रदेशबाट यसअघि नै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भइसकेका छन् । त्यस्तै प्रदेश नम्बर २ बाट रामकृष्ण यादव र महेन्द्र यादव मन्त्री बनेका छन् । यो प्रदेशबाट फर्मुल्लाह मन्सुर यसअघि नै भइसकेका छन् ।

प्रदेश ३ कै सिन्धुपाल्चोकका मोहन बस्नेत खुमबहादुर खड्काको कोटाबाट मन्त्री भएका छन् । प्रदेश नम्बर ४ बाट यज्ञवहादुर थापा यसपटक परेका छन् । यसअघि गोपालमान श्रेष्ठ प्रदेश नम्बर ४ बाटै उपप्रधानमन्त्री एवं शिक्षामन्त्री रहिसकेका छन् ।
प्रदेश नम्बर ५ बाट सञ्जय गौतम परेका छन् । प्रदेश नम्बर ६ बाट कांग्रेसले एकजना पनि मन्त्री बनाएन । प्रदेश नम्बर ७ बाट यसपटक बीरबहादुर बलायर परेका छन् ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply