Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी, १४ साउन । उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको दक्षिण कोरिया र अमेरिकाले बताएका छन् । उत्तर कोरियाले जापानको समुद्री क्षेत्र तर्फ लक्षित गरी अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।  

मिसाइल जापानको समुद्री क्षेत्रमा खस्नु अघि जमिनबाट तीन हजार किलोमिटर माथि पुगेको जापानको राष्ट्रिय प्रशारक संस्था एनएचकेले जनाएको छ । तीन हप्ताअघि उत्तर कोरियाले पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको थियो । अन्तर्राष्ट्रिय समुदायको चर्को आर्थिक नाकाबन्दी तथा आलोचना खेपिरहेको उत्तर कोरियाले तीन साताको अवधीमा दोश्रोपटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ । 

स्थानीय समयअनुसार गएराती ११ बजेर ४५ मिनेटमा उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकी तथा दक्षिण कोरियाली सैनिक अधिकारीले जनाएका छन् । उत्तर कोरियाको उत्तरी प्रान्तमा रहेको जानगाङ प्रान्तबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ३ हजार ५ सय किलोमिटरको उचाइमा पुग्दै १ हजार किलोमिटर टाढा जापानको समुद्रमा खसेको बताइएको छ । उत्तर कोरियाको समाचार संस्था केसीएनएले क्षेप्यास्त्र परिक्षणको पुष्टि गर्दै अमेरिकालाई चेतावनी दिनका लागि क्षेप्यास्त्र परिक्षण गरेको जनाएको छ । 

पछिल्लो क्षेप्यास्त्र यसअघि गत जुलाई ४ मा उत्तर कोरियाले परिक्षण गरेको क्षेप्यास्त्र भन्दा शक्तिशाली रहेको र यसले अमेरिकाको पश्चिमी तटमा रहेका शहरहरुसम्म मार हान्न सक्ने जनाइएपनि यसले शिकागो तथा डेनिभर लगायतका अमेरिकाको मध्यभागमा रहेका शहरहरुसम्म मार हान्न सक्ने विशेषज्ञहरुले जनाएका छन् । उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको अमेरिकी, जापानी तथा दक्षिण कोरियाली अधिकारीले विरोध गरेका छन् । परिक्षणको विरोधमा अमेरिका र दक्षिण कोरियाले सैनिक अभ्यास गरेको जनाइएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply