Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

७१ कोठे ‘मिस्टिक माउण्टेन’ शुक्रबारदेखि सञ्चालन हुने

बलराम प्यासी
काठमाडौं, साउन । भक्तपुरको प्रमुख र चर्चित पर्यटकिय स्थल नगरकोटमा हालसम्मकै सबैभन्दा ठुलो र अत्याधुनिक सुविधासम्पन्न ५ तारे होटेल खुलेको छ । शुक्रबारदेखि शुरु हुने सो होटेलमा १० वटा उच्चस्तरको स्विट रुम र ६१ वटा डिलक्स गरि ७१ वटा लक्जरी कोठाहरु रहेका छन् । 

पर्यटन व्यवसायी बालकृष्ण ध्वँजुको नीजी र एकल लगानीमा २७ रोपनी क्षेत्रफलमा ६२ करोड रुपैयाँको लागत तथा ३१ महिनाको अथक मिहेनत गरि सो होटेल बनाइएको हो । 
भिरालो जमीनमा जमीनको प्रकृतिअनुरुप खण्डखण्ड गरेर छुट्टछुट्र्रटै ३ वटा भवन बनाई पुलमार्फत जोडेर बनाइएको छ । होटेल भूकम्प प्रतिरोधी र अत्यन्तै विचार पुरयाएर बनाइएको होटेल निर्माणमा संलग्न आर्किटेक्ट इन्जिनियर सञ्जयलाल श्रेष्ठले बताएका छन् । 

यसअघि नगरकोटकै ३ स्टार स्तरको होटेल कन्ट्री भिल्ला स्थापना गरि करीव २० वर्ष सफलतापुर्व सञ्चालन गरेको अनुभव बोकेका पर्यटन तथा होटेल व्यवसायी ध्वँजुले विगतको आफ्नो अनुभवलाई सोही क्षेत्रमै लगानी गरि नगरकोटमा पर्यटनको विकासको लागि नयाँ र अति सुविधा सम्पन्न होटेल खोलिएको बताए । 

शनिबार जनैपुर्णिमाको अवसरमा नगरकोटस्थित महादेव पोखरीमा लाग्ने मेलामा आउने आन्तरिक र वाह्य पर्यटक समेतलाई लक्षित गर्दै सो शुक्रबारदेखि होटेलको सफ्ट लञ्चिङ्ग गर्न लागिएको होटेल मिस्टिक माउण्टेनका अध्यक्ष एवम् प्रवन्ध सञ्चालक बालकृष्ण ध्वँजुले बताए । सो होटेल हेर्नकै लागि पनि आन्तरिक पर्यटकको घँुइचो लाग्ने अनुमान गरिएको छ ।

काठमाण्डौबाट ३२ किलोमिटर टाढा डाँडामा अवस्थित सो होटेलको हरेक कोठाबाट विभिन्न हिमाल देख्न सकिन्छ । नगरकोटमा रहेका करीव ५ दर्जन होटेल मध्ये २०७२ बैशाख १२ र २९ को महाभूकम्पपछि त्यहाँका अधिकाँश होटेलहरु आँशिक क्षति भएतापनि केही समयको अन्तरालपछि पुनः सञ्चालनमा आईसकेका छन । तर पनि नरगकोटको पर्यटकीय अवस्थामा विगतको जस्तो सुधार आउन सकेको छैन । 

यस्तो अवस्थामा यति ठुलो रकम लगानी गरि बनाइएको ५ तारे नयाँ होटेल मिस्टिक माउण्टेनले नगरकोटको पर्यटन विकासमा फड्को मार्दै विनाशकारी महाभूकम्प अघिको नियमित र चालु स्थितिमा फर्काउने प्रयास गरिएको होटेलका प्रवन्ध सञ्चालक ध्वँजु बताउँछन । 

‘अल्ट्रा लग्जरी’ होटेलको रुपमा स्थापित सो होटेलमा अधिकाँश पुर्वाधार भारत, चीनका साथै इटालीसम्मका सामाग्री प्रयोग गरिएको छ । टेनिश कोर्ट, हेल्थ क्लव, २ वटा सिमिङ्ग पुल, २ वटा बार, एउटा कफि बार सहितको सो होटेल अपाङ्गमैत्री रहेको छ । 

दुईजना सुत्नेगरि ट्विन शेयरिङ्गमा डिलक्सस्तरको प्रति रुमको एकरातको मुल्य ब्रेकफास्ट, स्न्याक्स, वाइन र डिनरसहित कर समावेश गरि १५ हजार रुपैयाँ राखिएको छ । नगरकोटकै अत्यन्त सुविधासम्पन्न र उच्चस्तरको होटेल भएकोले मुल्य महंगो नभएको होटेलकी सेल्स एण्ड मार्केटिङ्ग व्यवस्थापक अमिता श्रेष्ठको दावी छ ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply