Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण भदौको दोस्रो साता हुने भएको छ । देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन्  । 
प्रधानमन्त्री देउवाले भदौको भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रमणको औपचारिक मिति तय नभएपनि दुवै मुलुकका दूतावास तयारीमा जुटेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणकै तयारीका लागि सिलसिलामा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय काठमाडौं आएका छन् ।

प्रधानमन्त्री देउवको भारत भ्रमण भदौ ८ गते हुने मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफल पछि यो मिति तय भएको हो।

श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप ८ गतेको मिति बारे प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको रुपमा देउवाले यो ते श्रो भारत भ्रमण हुनेछ। प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाच वटा विषयगत संझौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ। 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply