Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन । लामो समयपछि निर्देशक रामजी लामिछाने आफ्नो पछिल्लो चलचित्र रुद्र लिएर बजारमा आएका छन् । उनले निर्देशन गरेको यो ११ औं चलचित्र हो । आफ्ना पुराना चलचित्रहरुले बजारमा राम्रो व्यापार गर्न नसकेपछि उनी नृत्य निर्देशन र व्याकग्राउड म्यूजिकमा व्यस्त हुँदै आएका थिए ।


 यी दुबै विधामा सफलता हासिल गर्दागर्दै नायक निखिल उप्रेतीको पुनः चलचित्र निर्देशनमा फर्केका हुन् । उनले निर्देशन गरेको चलचित्र रुद्रको बुधबार राजधानीमा प्रिमियर शो सम्पन्न भएको छ ।  एक्सन अवतारमा देखिने नायक निखिल यस चलचित्रमा भने खलनायकको भूमिकामा देखा परेका छन् ।

 चलचित्र रुद्र हेरिसकेपछि अधिकांश रंगपत्रकार तथा निर्माता निर्देशक र दर्शकहरुले चलचित्र निकै राम्रो बनेको भन्दै तारिफ गरे । निर्देशक रामजी लामिछानेले आफू चलचित्र निर्देशन गर्नका लागि जन्मेको भन्दै उनले भने– ‘वर्षौं पछि भए पनि बिग व्यानरमा चलचित्र निर्देशन गरेको छु, चलचित्र निकै राम्रो बनेको छ, निरन्तर नेपाली चलचित्र हेर्ने दर्शक मेरो चलचित्रबाट निरास हुनेछैनन् ।’

नायक निखिल उप्रेतीलाई खलपात्रको भूमिकामा देखाइएको चलचित्र ‘रुद्र’को यस अघि नै ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरबाट नै प्रसंशा बटुलेको चलचित्रले प्रिमियरमा आइपुग्दा झन चर्चा बटुलेको हो ।

काठमाण्डौमा आयोजना गरिएको प्रिमियरमा नायक निखिल उप्रेती, नव–कलाकारद्धय विश्व शर्मा र साराको उपस्थित थिए ।

रामजी लामिछानेले निर्देशन गरेको यो चलचित्रलाई निखिल उप्रेती प्रोडक्शनको ब्यानर र विश्व प्रोडक्शनले मिलेर बनाएका हुन् । रामजी लामिछानेको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन रहेको यो चलचित्रमा निखिल उप्रेती, विश्व शर्मा, सारा, रोय दीप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भाष्कर ओली, अनिल पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply