Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन ।  नायिका तथा मोडल शुभेच्छा थापाले ‘आउ साथी संगीको नाचौ छमछमी...’ भन्दै तीज गीतमा कम्मर मर्काएकी छन् । दीपेन्द्र खड्काको गीतमा नित्याशिवाको श्वरमा रहेको छ भने लिड रोलमा नायिका शुभेच्छाले निर्वाह गरेकी छन् ।
दर्जनौं चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी नायिका थापाले यस गीतमा पनि निकै नै मेहनत गरेको बताइन् । हिन्दू नेपाली महिलाहरुको महत्वपूर्ण चाड हरितालिका तीज आउनै लाग्दा विभिन्न कलाकारहरुले तीज विशेष गीत बजारमा ल्याएका छन् । कोही कलाकारका गीत नेपाली संकृतिलाईलाई विर्सेर ल्याइएका भएपनि आफ्यो यो गीत भने नितान्त मौलिक भएको र नेपाली नारीहरुका दुःख तथा वेदनालाई समेटिएको बताइन् । 

चलचित्रमा बोल्ड सिन दिन माहिर नायिका सुभेच्छा भन्छिन्– ‘कथाले मागे अनुसार अभिनय गर्ने हो, तीज गीत हाम्रो धार्मिक परम्परास“ग जोडिएको हुन्छ, यसले नेपाली कला संस्कृतिको विकास र विस्तारमा सहयोग गर्ने हुँदा तीज गीतमा उछृंख्ल शब्द र छाडापन देखिनु हुँदैन ।’ 

राजन महर्जनको नृत्य निर्देशनमा तयार पारिएको भिडियोमा शुभेच्छाले निकै नै आकर्षक नृत्य गरेकी छन् । भिडियोमा सुभेच्छासँगै, विमल गिरी, रश्मी, तृष्णा र शर्मिलाको पनि अभिनय रहेको छ । 

 कस्तो छ त ? उनीहरुको नृत्य हेरौं भिडियोबाटै... 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply