Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं, साउन ।  हालै चलचित्र लाले प्रदर्शन सकेर राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डका लागि बेलायत पुगेका केदार ढुंगाना  स्वदेश फर्किएर आफ्नो नयाँ चलचित्र अन्डर नाइन्टिनको प्रमोशनमा जुटेका छन् । बेलायतमा हुने मौलिक चलचित्र लाले निर्माण गरेबापत उलने राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डबाट सम्मानित भएका थिए । यसलाई उनले आफ्नो जीवनकै महत्वपूर्ण सम्मानको रुपमा लिएको बताए ।

निर्माता केदार र अर्का नायक रोजन रखालको अभिनय तथा निर्माण रहेको चलचित्र ‘अन्डर नाइन्टिन’ रिलिजका लागि तयार भएको छ । भाद्र २३ देखि अल नेपाल रिलिज हुने यस फिल्ममा केदारले धनी बाउको बिग्रेको छोराको भूमिका निर्वाह गरेका छन् । त्यसो त निर्माण सम्पन्न भएको लामो समय पछि यो फिल्म दर्शकमाझ आउन लागेको हो । यसै फिल्म मार्फत नायिका रजनी केसीले डेव्यू गरेकी थिइन् ।
तर बिडम्बना फिल्म समयमै रिलिज हुन नसकेपछि उनले छविराज ओझा निर्मित फिल्म ‘लोफर’ लाई नै आफ्नो डेव्यू फिल्मको रुपमा चिनाउँदै आएकी छिन् । चलचित्रमा रजनी सँगै अर्की नायिका शुभेच्छा थापाको पनि अभिनय रहेको छ । प्राय फिल्ममा हट सिनका कारण चर्चामा रहने थापाको ‘अन्डर नाइन्टिन’ मा चाहि कस्तो खालको उपस्थिती रहेको छ त ? यो कुरा हामीले निर्माता तथा कलाकार केदारलाई सोध्दा उनले चलचित्र मनोरञ्जनको प्याकेज रहेको भन्दै सबैलाई पच्ने खालकै दृश्य भएको बताए ।

‘अन्डर नाइन्टिन उमेर बैशालु’ टिनएज वेस चलचित्र रहेको कलाकार केदारको भनाई छ । धनी बाउको छोरा जो पटक पटक फेल भएर एउटै कक्षामा पढ्छ उक्त चरित्र आफूले निर्वाह गरेको बताउने केदारले यो रोल गर्दा कलेज लाइफ मिस गरेको बताए । आखिर रिलिज ढिलो हुनुको कारण के हो त ? उनी अगाडि थप्छन् ‘खास यो फिल्म तीन जना मिलेर निर्माण गरेका हौ । म, रोजन रखाल र हिमाल मल्ल । बीचमा साथीभाईबीच केही मन मुटाव सिर्जना भयो यसले गर्दा रिलिज ढिलो हुन गएको हो ।’ ढिलो पनि यस्तो भइदियो कि चलचित्रको अण्डर नाइन्टिन छ पर्दा र पोष्टरमा हेर्दा सबै पाका देखिन्छन् ।

तर पनि टिनएज् टार्गेट गरिएको फिल्मलाई दर्शकले रुचाउने उनको विश्वास छ । शिव घिमिरे निर्देशित चलचित्रमा केदार ढुंगाना, शुभेच्छा थापा, रोजन रखाल, रजनी केसी लगायतको अभिनय रहेको छ । टिकाराम रखाल मगरको लेखन रहेको चलचित्रमा प्रदीप खड्काको द्धन्द्ध, टंक बुढाथोकी र राजेन्द्र श्रेष्ठको संगीत, प्रवल प्रधानको सम्पादन रहेको छ । राजधानीमा नायक निर्माता केदार चलचित्र प्रमोसनमा लागेका छन् भने अर्का नायक रोजन आफ्नो नयाँ चलचित्र पासाको छायांकनमा व्यस्त छन् । हिमाल मल्लको समेत लगानी रहेको चलचित्र अण्डर नाइन्टिनबाट केदार र रोजनले आफू चलचित्रबाट निकै आशावादी रहेका बताएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply