Ticker

6/recent/ticker-posts

सांस्कृतिक संग्रहालयका आगामी कार्यक्रम सार्वजनिक

काठमाडौं, १९ साउन । सांस्कृतिक संग्रहालय नेपालको विशेष भेलाले आ.व २०७४÷७५ का गतिविधिलाई  व्यापकता दिनुका साथै आगामी २०८० सालसम्म गर्ने विविध कार्यक्रमहरु तय गरेको छ । 

भेलामा नेपाली कांग्रेसका ७ दशक, बीपी कोइराला र गणेशमानको विश्व फोटो यात्रा, बीपी कोइराला र गणेशमान सिंहको फोटो पुस्तक प्रकाशन, नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नेकपाका प्रथम प्रधानमन्त्री मनमोहन अधिकारी, जननेता मदन भण्डारीको २५ औं स्मृति वर्ष, जननेता मदन भण्डारीको सचित्र जिवनी प्रकाशन, माओवादी जनयुद्धको २ दशक, नेपालका विशिष्ट महिलाहरु, नेपालमा औद्योगिक क्रान्तिको ८० वर्ष आदि कार्यहरुका विषयमा छलफल गरेको हो । 

त्यस्तै, भेलाले आगामी २०८० सालसम्मको कार्यक्रमहरु तय गरेको हो । साथै यस संग्रहालयको विशेष परियोजना माउण्ट एभरेष्ट ऐतिहासिक ग्यालरीका संयोजक सञ्जय पण्डितको असमायिक देहावसान भएकोमा शोक व्यक्त पनि गरेको छ । त्यसैगरी संग्रहालयका इन्द्र कर्माचार्य कामपा वडा नं.२९ को वडा सदस्यमा बिजय हुनु भएको बधाई ज्ञापन पनि गरेको हो । 




Post a Comment

0 Comments