काठमाडौं, २० साउन । ब्राजिलियन फरवार्ड नेयमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले विश्व कीर्तिमानी रकम तिरेर बार्सिलोनाबाट अनुबन्धित गरेको छ। नेयमारले बिहिबार नै क्लबसँग ५ वर्षको संम्झौता गरेका छन्।
बिहिबार क्लबले नेयमारलाई भित्र्याएको पक्का भएको सार्वजनिक भएको हो। उनलाई ल्याउन पिएसजीले २ सय २२ मिलियन युरो ( १ सय ९८ मिलियन पाउण्ड) खर्चेको हो। यसअघि पल पोग्बालाई युभेन्टसबाट म्यानचेस्टर युनाइटेड ल्याउन इङ्गलिस क्लबले ८९ मिलियन पाउण्ड खर्चेको थियो। अहिलेको रकम दोब्बर भन्दा बढीले कीर्तिमान तोडिएको हो।
नेयमारले क्लबसँग जोडीएसँगै ‘युरोपकै सबैभन्दा धेरै आशावादी मध्यको क्लब’ रोजेको बताए। ‘पिएसजीको भावी योजना र आशाले मलाई आकर्षित गर्यो। यस क्लबको प्यासन र उर्जाशक्ति देखेर मैले यहि आउने निधो गरें। मलाई यहाँ बसेर क्लबको योजनामा साथ दिन सक्छु जस्तो लाग्यो। आजको दिनबाट म आफ्नो नयाँ साथीहरुसँग मिलेर क्लबको उन्नति र सफलताको लागि सक्दो प्रयास गर्नेछु।’
२५ वर्षे नेयमारले सान्टोसका लागि २ सय २९ खेलमा १ सय ३८ गोल गरेका थिए भने बार्सिलोनाबाट खेल्दै १ सय ८६ खेलमा १ सय ५ गोल र ८० असिस्ट प्रदान गरे। उनले सन् २०१३मा बार्सिलोनाबाट डेब्यु गरेका थिए। १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट खेलेका नेयमारले हालसम्म ७७ खेलमा ५२ गोल गरिसकेका छन्। पिएसजीले शुक्रबार पत्रकार सम्मेलन राखेको छ भने शनिबार नेयमारलाई समर्थकहरु माझ प्रस्तुत गराउने कार्यक्रम रहेको छ।

0 Comments