Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

डोटी, २१ साउन । डोटीको गगुडाको धार भन्ने स्थानमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । 


दुर्घटनामा परी सात जना घाइते भएका छन । दिपायलबाट चमरचौतारा जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप राति करिव ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी डोटीको वोक्ताङ गाउँपालिका–१ बस्ने ३५ बर्षीय बिष्णु बहादुर मगर, ५० बर्षीया बुढो घर्तीमगर, ४५ बर्षीय गोरख थापा, ४५ बर्षीया ललितादेवी पुनमगर र ४८ बर्षीय ससिरान बहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै वोक्ताङ गाउँपालिका–१ कै ३० बर्षीय चन्द्र बहादुर घर्ती मगर, ५५ बर्षीय भीम घर्ती मगर र जीप चालक शिखर नगरपालिका–१ का २८ बर्षीय बिष्णु मेदीको घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जनाएको छ । घाइते ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply