Ticker

6/recent/ticker-posts

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

चितवन,साउन २१– भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल विजयी हुनुभएको छ । उहांले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३  मतले पछाडी पार्दै विजयी हुनुभएको हो । यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । औपचारिक घोषणा गर्न बांकी छ ।
भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएको थियो । तर मतगणनाका क्रममा जेठ १४ गते राती दलका प्रतिनिधिले वडा नम्बर १९ को गणनाका क्रममा मतपत्र च्यातलेपछि विवाद विवाद भइ सो वडामा साउन २० गते पुनः मतदान भएको थियो ।पुनः मतदान गर्ने निवाचन आयोगको निर्णय विरुद्ध एमाले कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि फैसाल हुन लामो समय लागको थियो ।

Post a Comment

0 Comments