Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

बलराम प्यासी
काठमाडौ, साउन । आफुले कखरा सिक्दै प्रवेशिका पास गरेको स्कुलमा पुग्दा जो कोही विद्यार्थीलाई झल्झली वाल्यजीवनको याद आउनु नौलो कुरा होइन । शिक्षकलाई छल्दै कक्षाकोठामै जिस्केर हँसिमजाक गरेको, घरबाट ल्याएको खाजा साथीभाईमा बाँडीचुँडी गरेको, साथीको गृहकार्यको कापीलाई ‘आफ्नो’ भनेर ढाँटेर शिक्षकलाई देखाएको दिन ति विद्यार्थीलाई अहिलेपनि चलचित्र जस्तै लाग्नसक्छ । 

यस्तै भयो बुधबार करीव १६ वर्षअघि भक्तपुरको एभरेस्ट इंगलिस स्कुल मिवाछेंबाट एसएसलसी पास गरेर गएका सानी दुई नानीहरु बुधबार ‘पिएचडि होल्डर’ (डाक्टर अफ फिलोसोफि) भएर आफु पढेको विद्यालयमा छिर्दा । 

त्यतिखेरका मेधावी छात्राद्धय सुजाता शाखः र सृजना प्रजापति आआफ्नो विषयमा पिएएचडि होल्डर भएका थिए । अर्थात उनीहरुको नामको अगाडि डाक्टर जोडिएर डा.सुजाता शाखः र डा.सृजना प्रजापति बनिसकेका थिए । नामको अगाडि डा. जोडिएतापनि उनीहरु आफुले कखरा सिकेको र आफु पढेको कक्षाकोठा देख्ने वित्तिकै भावविभोर भए । त्यसमा पनि आफुलाई पढाउने गुरुवा अुरुआमा देखेपछि उनीहरुको शीर श्रद्धाले नतमस्तक भयो । आफु अझैपनि त्यस विद्यालयको अहिलेकै विद्यार्थीजस्तै महसुस गरी आफुलाई पढाउने गुरुहरु देखेर तर्किन पुगे । 

२०५७ सालको प्रवेशिका परीक्षामा आफुसंगै पढेको साथी रमिला शिल्पकार छात्रातर्फ नेपालभरीकै सर्वाेत्कृष्ट (वोर्ड फस्र्ट) भएकी थिइन भने सुजाताले विशिष्ट र सृजनाले उच्च अंकका साथ प्रथम श्रेणी उतिर्ण गरेकी थिइन । एसएसलसी उतिर्ण हुन्जेलसम्म आफ्नो भविष्यप्रति उनीहरु अन्यौलमा रहेका उनीहरु १६ वर्षपछि डाक्टर बन्ने कल्पना पनि नगरेको बताउँदै थिए । ‘त्यतिखेर डाक्टर पढ्ने कि इन्जिनियर भनेर अन्यौलमा थियौं, तर विस्तार मिहेनत गर्दै जाँदा आज सफल भयौं,’ उनीहरुले भने । 

मिहेनत साथ पढ्दै जाँदा सुजाताले जापानको मेडिकल एण्ड डेण्टल युनिभर्सिटीबाट मेडिकल साइन्समा पिएचडि गरीन भने सृजनाले जापानकै नागाओका युनसिभर्सिटी अफ टेक्नोलोजीबाट इन्फरमेशन साइन्स एण्ड कन्ट्रोल इन्जिनियरिङ्ग प्रोग्राम अन्तर्गत इन्जिनियरिङ्गमा पिएचडि गरीन । त्यसो त सृजना र सुजातामात्रै पिएचडि गर्ने एभरेस्ट इंगलिस स्कुलका पुर्व विद्यार्थी होइनन । 

एभरेस्ट इंगलिस स्कुलबाटै प्रवेशिका पास गरेका डा.सुजन राजभण्डारी पिएचडि गर्ने सो विद्यालयको पहिलो विद्यार्थी हुन । उनले संयुक्त अधिराज्य बेलायतको न्यु क्यासलस्थित नर्थमब्रिया विश्वविद्यालयबाट प्रकाशको माध्यमबाट ताररहित सुचना सम्प्रेषण  विषयमा पिएचडि गरेका थिए । संयोगले उनी पनि बुधबारको पिएचडि सम्मान कार्यक्रममा पुगेका थिए । डा.सुजनलाई भने विद्यालयले यसअघि नै सम्मान गरिसकेको थियो ।

उनीहरुका अतिरिक्त सो विद्यालयमा पढेका विद्यार्थीहरुमध्ये हालसम्म सफल चिकित्सक, उद्यमी, बैंकर, इन्जिनियरको साथै समाजका प्रतिष्ठित र उपल्लो स्थानमा पुगिसकेको विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताउनुभयो । शिक्षक र विद्यार्थीबीचकाे आत्मियता जति नजिक र सुमधुर हुन्छ, त्यति नै विद्यार्थीको प्रगती हुने रहेछ, राजभण्डारीले भन्नुभयो–‘यो नै यसको उपलब्धि हो । ’

आफ्ना दुई विद्यार्थीले नयाँ विषयमा पिएचडि गरेपछि विद्यालयले बुधबार उनीहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गर्दै उनीह्रुलाई उपहार तथा मायाको चिनो दिएर सम्मान गरेको थियो । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझि, विद्यालयका संस्थापक प्रिन्सिफल भक्त राजभण्डारी र भाइस प्रिन्सिपल कमलादवी अमात्य राजभण्डारी र विद्यालय व्यवस्थापन समितिका अधयक्ष रामगोपाल कर्माचार्यले पिचचडि होल्डर दुई विद्यार्थीलाई टिका, खादा, उपहार र सम्मानपत्र दिएर वधाई दिए । अभिभावकको उपस्थितिमा उनीहरुलाई सम्मान गरिँदा अभिभावकका आँखा पनि रसाएका थिए । 

२०३९सालमा स्थापना भएको एभरेस्ट इंगलिस स्कुलले पहिलोपटक २०५२ सालमा प्रवेशिका परीक्षामा सामेल भएको थियो त्यतिखेर १३ विद्यार्थी परीक्षामा सामेल भई सवै उतर्ण भएका थिए । गतवर्ष अर्थात २०७३ सालको माद्यमिक शिक्षा परीक्षा एसईईमा एभरेस्टबाट १०९ विद्यार्थी सामेल भएकोमा शतप्रतिशत उतिर्ण भएका थिए ।



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply