Ticker

6/recent/ticker-posts

सिसी क्यामेराकै अगाडि बानेश्वरमा एक जनाको शव

काठमाडौं, २१ साउन । काठमाडौंको बानेश्वरमा आज बिहान एक जना मृत अवस्थामा भेटिएका छन् । बानेश्वरबाट बबरमहल जाने सडक किनारामा अन्दाजी ३० देखि ३५ वर्ष उमेरका एक व्यक्तिको शव फेला परेको हो । 

फ्रेडसिप युवा समुहको टि–सर्ट लगाएका ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । मृतकको टाउको र पेटमा गम्भीर चोट लागेको छ भने घटनास्थलमा गाडीको लाइटका केही टुक्राहरु पनि छन् । गाडीका लाइटका टुक्राहरु देखिएको हुँदा राति गाडिले हानेर ती व्यक्तिको ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

घटनास्थलको नजिकैको सोलार लाइटको पोलमा सिसि टिभी जडान गरिएको छ । सोही सिसी टिभी फुटेजका आधारमा घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

Post a Comment

0 Comments