Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

चितवन, २० साउन । भरतपुर १९ शुक्रबार भएको पुनः मतदानमा करिव ७६ प्रतिशत मत खसेको छ । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्य २ हजार ८ सय ७० मत खसेको हो । पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।

सो वडामा किरणमावि किरणगञ्जमा १ हजार २ सय ४८ मतदाता रहेका थिए भने जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जानगरमा १ हजार ३ सय ६ र शारदा मावि शारदानगरमा १ हजार २ सय ४३ मतदाता रहेको थिए । विहान सामान्य वर्षा भएपनि मौसम शितल भएपछि रोपाईको चटारोका बाबजुद पनि मतदाताहरुको उत्साहजनक उपस्थिति रह्यो ।

भरतपुर महानगरको मेयरमा माओवादीकी रेणु दाहाल, एमालेका देवी ज्ञवाली प्रतिस्पर्धाृमा छन् । यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह र एमालेकी दीव्य शर्मा आचार्य छन् । २० को मतगणना गर्न बाँकीनै छ ।
भरतपुर १९ मा कांग्रेसका कर्णबहादुर गुरुङ, एमालेका प्रकाश तामाङ, माओवादी केन्द्रका खड्कबहादुर गुरुङ वडाध्यक्षका उम्मेद्वार छन् ।

जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै मतदानको फैसला सुनाएपछि शुक्रबार पुनः निर्वाचन भएको हो ।

यसैबीच दलीय सहमति जुटे सम्भवतः शुक्रबारबाट नै मतगणना थालिने भएको छ । सिसि टिभीको निगरानीबाट मतगणना हुने भएको छ । मतगणना स्थल भरतपुरमा रहेको कवर्डहलमा  निगरानीका लागि चार वटा सिसि टिभी जडान गरिएको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिए । मत गणनाका क्रममा दलका प्रतिनिधिहरुलाई तारको घेरामा राखिने छ । जसका कारण मतगणनाको क्रममा मतपत्रमा क्षति नहुने बताइएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply