Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

संयोग पनि कस्तो–कस्तो ‘संयोग’ ? ‘नाग’हरुलाई पहिले ‘दूध’ नखुवाई आफ्नो ‘रक्षा’ हुने भएन । फेरि समयले पनि प्रमाणित गरेरै छाड्यो– ‘पहिलो ‘तिमी’ शत्रु–वाधा पन्छाऊ, तब मात्र तिम्रो कल्याण सम्भव छ ।’ यही सन्देश–प्रमाणितका लागि नागपञ्चमी र जनैपूर्णे एकैदिन परेको हो कि ?
- वसन्तप्रकाश उपाध्याय
अर्को संयोग छ– मुलुकमा । यहाँ पानी नपरे खडेरीले सताउँछ । बढी परे– ‘बाढी–पहिरो’ कहरले रुवाउँछ । सत्तासिन हुन पनि गाह्रै छ– यो मौसममा । विभिन्न ‘सडक खण्ड’ पहिरोले अवरुद्ध छन् । स्यावासीमा अब ‘वुल्डोजर’ चलाएको कसैले देख्ने छैनन् । अपजसको ‘भारी’ बोकाउन सदनमा कुर्ले पुग्छ । 

जान्नु जानेका छन् यहाँ– मान्छेहरुले । आफ्नो ‘चीट्’ परे– अदालतको जयगान गर्छन् । ‘पट्’ हुनासाथ सत्तोसराप गर्ने ‘विश्वनाथ–उदाहरण’ त्यसै पनि छँदैछ । भरतपुरमा ‘वुथ–कब्जा’ पहिले देखेको आँखाहरुले अहिले कालो–चश्मा लगाएर ‘धमिलो’ टिप्पणी गरेका छन् ।

त्यसो त तनहुँको नदी किनारको वासिन्दा हुँ म । मलाई राम्ररी थाहा छ– जब मस्र्याङदीमा ठूलो बाढी आउँछ, माझीहरु जाल बोकेर चुँदी खोलातिर झर्छन् । मस्र्याङ्दी बाढीमा बालुवाले निस्सासिएपछि ‘माछाहरु’ चुँदीको सफा पानीतिर लाग्छन् । सूत्र यही हो– जति कराए झँै गरे पनि धेरै सूर्यमुखीहरुले कैयौं दिनदेखि ‘टेण्ट’ गाडेर बसेकै छन्– पारस वसपार्कतिर ।

पारस–वसपार्कको छोटो इतिहास छ । पुल्चोकतिर कुटाइ खाँदा रामनगरतिरबाट बाटो खोलिएको हो– ‘अहम्’ले । ‘अहम्’मा जब ‘मतिभ्रम’ मिसिन्छ मान्छे ‘बौलाहा’ बन्छ । कारणले बौलाएको मान्छेले कसैलाई पनि अकारण ढुंगा हान्दैन र झट्टारो छाड्दैन । तर यहाँ त्यत्तिकै मनमस्तिष्कको ‘हावा’ खुस्काउने मान्छेहरु बढी छन् । र, यिनीहरुले खुस्काइरहेका छन्– न्याय, प्रशासन र अनुशासनका पाङ्ग्राहरुको हावा ।

मुग्लिन–नारायणगढ सडकखण्डको दुर्दशामा धेरै टिप्पणी सुनेर त्यतातिर गएको छ सरकारी नेतृत्व । आमपीडामा सरोकारवाला जाग्दा खुशी हुनु पर्ने हो सबै । अब यसलाई कसले–कसरी घुमाउनेको घुम्ती झैँ अथवा गाईघाटको ओरालो जस्तै गरी ‘कुरो’लाई लखेट्ने हुन्  ? त्यसको पत्तो छैन । सडक–संघर्षको चिनारीमा बाँचेकाहरुले जानेका हुन्छन्– धेरै तौरतरिका । जहाँ नहिँडे– हिँडेन भन्नेछन् । हिँडे–ठेस लागेको प्रसंग उठाउनेछन् । काम नभए– भएन भन्नेछन् । काम भए– नाकाम आचारसंहिताको प्रसंग उठाउन बेर लगाउने छैनन् । यस्तै हो– पूर्वाग्रहको चस्मा लगाएर यथार्थ धरातलमाथि आँखा चिम्लेपछि । 


   

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply